– बानिया राजन

झरेको फूलको थुङा हुँ म
किनरामा थन्काइेको डुंगा हुँ म

पिरतिको फूल्बारिमा फुल्नसकिन
बटुवालाई त्यो पारी तार्न सकिन
छिनेको गीतारको तार हुँ म
तिम्रो संसारमा बेकार हुँ म
संगितको मीठो धुन दिन सकिन
बदलाको तिम्रो गुण तिर्न सकिन

अन्धकारमा निभेको दियो हुँ म
दाई पछी एक्लियको मियो हुँ म
झिलिमिले तिमिलाई उज्ज्यलो दिन सकिन
सधैं भरी तिम्रो साथ लिन सकिन

प्रेम गरी बस्ने एक भूल हुँ म
खडेरिले सुकेको मूल हुँ म
मुटु दिइ जीवन बाँकी जिउन सकिन
फाटेको मनलाई फेरि सिउन सकिन

सडकमाझ मिल्कैएको ढुङ्गा हुँ म
बिना धागो उडाइेको चङ्गा हुँ म
तिमीले पुज्ने देउता हुन सकिन
तिमीलाई साथ दिने एउटा हुन सकिन

अधेरिरातको उदेस्यहिन यात्री हु म
तिम्रो मीठो सपनिको कालरात्री हुँ म
अनायसै टुटेको बाटो बिनाको यात्रि हुन सकिन
जीवन बिनाको दर्शनअशास्त्री हुन सकिन

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *