– हरि मानन्धर ‘विवश’
समयान्तमा
मृत्यवरण गरेर
सेतो वस्त्रले ढाकिएको
अपेक्षाकृत लाश
जिवन्तताका लागि
विदा हुँदैछु
आँगनको डीलमा रहेको,
तुलसीका मठ छेवैबाट ।
एक हूल सजीवहरू
मेरो ठेगाना अन्त्यका लागि
चाँजोपाँजो मिलाउँदैछन्
हरियो बाँस काट्छन्
घारो बनाउँछन्
अनि राखिन्छु
र सजिन्छु
यात्रा अन्त्येष्टिका लागि।

म हुईँक्याइन्छु,
घरको तगारो काटेर,
टोल छिमेकहरू
अनि
डाँडाकाँडा गुञ्जयमान गराउँदै
शंखका ध्वनिहरूले
मेरो मृत्युको चिनारी दिदै
मृत्य शैयाबाट चितासम्म ।

राखिइन्छु चित्तामाथि
नाङ्ग्याइन्छु
यो साँसारिक मायाजालका

क्षोभयुक्त पखेँटाहरूबाट
जलाईन्छु दनदनी
आगोका लप्काहरूसँगै
तापहरूको जलनबाट
बिस्तारै बिस्तारै
खरानी बन्दैछु ।
हे मानवताका खोल ओढेर
साँसारिक माया मोहमा

अन्धभक्त लागेका
स्वार्थीहरू हो,

म रित्तिएको छैन

म सकिएको छैन
मात्रै यो कोलाहलपूर्ण धर्तीबाट
लोभ र क्षोभ मुक्त सँसारमा
सदा सदाको लागि
शान्तिको मार्ग अपनाउँदैछु ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *