– विमला अधिकारी
बिहानीको किरण संगै उमंगले देश छायो
दुइहजार सत्सठ्ठीको बडा दशैँ पनि आयो,
निर्दयी र कठोर बन्दै आयो दशैँ खुशी बोकी
कतिले त हाँस्नु पर्छ दु;ख भित्र आँसु रोकी,
राम्रो लाउने मिठो खाने सन्तानको चाहनामा
साहुको ऋण भित्र डुब्छन खुशी दिने बहानामा,
बर्षे झरी, प्रचण्ड ताप ओत दिने छानो छैन
भरिया भै काम गर्यो छाक टार्ने मानो छैन,
छोराछोरी भन्छन कठै राम्रो नाना लाउने कैले
किन आफै मरि गइन जन्म दिनु भन्दा पहिले,
धनि गरीव, ठुलो सानो नभनेर दशैँ आयो
हर्षबढाई गर्छन् धनी गरिवलाई दशा भयो,
धनी गरीव बिचको दुरी हटाउन सबै लडे
गरीव मरे सहिद भए हुनेखाने अघि सरे,
राक्षसको खोल ओडी अड्डा आफ्नो जमाउँदै
गरिबको पसिनामा बाँचेका छन रमाउँदै
(चितवन)
Please follow and like us: