जया राई
साहित्य विकास परिषद यूकेले गत शुक्रबार ३१ अक्टोबर २०१० मा एक भब्य समारोह विच महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०१ औ जन्मजयन्ती सम्पन्न गरेको छ | जन्म जयन्तीको क्रममा नेपालबाट आउनु भएका वरिष्ठ साहित्यकार द्वय डा.देवी सुबेदी र विश्वबिमोहन श्रेष्ठलाई स्वागत सम्मान एवं अभिनन्दन गरेको छ |


उक्त कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै डा.देवी सुबेदीले डायास्पोरिक साहित्य कसरि लेखिनु पर्छ र विदेशको पीडा एवं स्वदेशका स्म्रितिहरुलाई साहित्यमा समेटेर नेपाली साहित्यलाई उचाइमा लानुपर्ने सुझाउ दिदै शिक्षा र रोजगारीको सिलसिलामा नेपालीहरु विदेश पलायन भए पनि भाषा र साहित्य प्रति मोह व्यापक हुदोरहे छ भन्ने कुरा आफुलाई अहिले अनुभूती भएको बताउदै देवकोटाका विशिष्ट पक्ष र नेपाली साहित्यमा वहाको अतुलनिय योगदनको चर्चा समेत गर्नु भयो |
अर्का विशिष्ट अतिथी विश्वविमोहन श्रेष्ठले पनि देवकोटा नेपाली साहित्यका विराट व्यक्तित्व भएका र उनका बारेमा एकल समिक्षात्मक कार्यक्रम नै राख्नु पर्ने आफ्नो विचार ब्यक्त गर्नु भयो भने वहाले स्वदेशमा रहेका आमा बुबाले विदेशमा हुने सन्ततीको सम्झनालाई मनमा उनेको बडो मार्मिक कविता बचन गर्नु भएको थियो | वहाले बेलायतमा रहेका साहित्यकारहरु माझ यसरि भेटघाट र सम्मानित हुन पाउनु निश्चयनै गौरवकोको कुरा रहेकोबताउनु भयो |
कार्यक्रमममा बेलायत स्थित नेपाली राजदुताबासबाट पाल्नु भएका विशेष अतिथी गणेश अधिकारीले पनि विशिष्ठ अतिथिहरुलाई स्वागत गर्दै देवकोटाको नेपाली बांग्मयमा अतुलयनी योगदान रहेको चर्चा गर्दै यस्ता सकारात्मक साहित्यिक कार्यक्रमलाई दुतावासले प्रोत्साहन र सहयोग गर्ने कुरा बताउनु भयो |
अर्का अतिथी डा. सूर्य सुबेदीले कार्यक्रमको महत्वलाई आत्मसाथ गर्दै डा. देवी सुबेदी द्वारा लिखित बालकृष्ण समको नाटक सम्बन्धि सोध ग्रन्थले आफुलाई ठूलो प्रभाव पारेको भन्दै यस्ता साहित्यिक कार्यक्रमहरुमा भविष्यमा आफू सदैब उपस्थित हुने बाचा गर्नु भयो |
वरिष्ठ समाजसेवी ब्रिटेन नेपाल सिभिक फोरमका अध्क्ष डा. राघव प्रसाद धितालले महाकवि देवकोटाले विश्वमा नेपाली साहित्यलाई चिनाउने विराट व्यक्तित्व भएको भन्दै देवकोटा जयन्तीको महत्वलाई अझ उजागर गर्नु भयो |
कार्यक्रममा एनआरएन बेलायतका अध्क्ष कुल आचार्यले विशिष्ट पाहुनाहरुको स्वागत गर्दै आफु नेपाली भाषा र साहित्यको कार्यक्रममा जहा भएपनि उपस्थित हुने कुरो जनाकारी गरउनु भयो |
महाकवि देवकोटाको बारेमा मन्तब्य दिदै युवा साहित्यकार गोपी प्रसाईले देवकोटाको जीवनी, कृती र नेपाली साहित्यमा वाहाको योगदानको बारेमा चर्चा गर्नु भयो भने कोमल मल्ल श्रेष्ठका दुई कृतीका बारेमा सम्क्षेपमा समिक्षा समेत गर्नु भयो | यस अघि कार्यक्रममा पाल्नु भएका विशिष्ठ अतिथी लगायत अन्य अतिथिहरु एवं साहित्यकार, साहित्य प्रेमीहरु द्वारा महाकविको तस्वीरमा फूलमाला अर्पण भएको थियो भने सस्थाका महासचिब सुरेश जंग शाहबाट बिशिष्ट अतिथीहरुको सम्क्षिप्त परिचय प्रस्तुत गर्नु भयो | विशिष्ट अतिथी द्वयलाई साहित्य विकास परिषद्की बरिष्ट कोषाद्यक्ष पिपला देवान र अनेसासकी केन्द्रीय उपाद्यक्ष जया राई द्वारा पुष्प गुच्छा अर्पण र स्वागत गरिएको थियो | कार्यक्रमको स्वागत मन्तब्य पिपला देवानबाट बएको थियो |
कार्यक्रमको महत्वपूर्ण पक्ष कवि तथा गीतकार कोमल मल्ल द्वारा लिखित “नेताहरुको महँगो बजार , पीरतीको चाल” दुई पुस्तकहरुको संग्युक्तरुपमा विशिष्ठ पाहुनाहरुबाट लोकार्पण गरिएको थियो |
ठूलो संख्यामा उपस्थित कवि तथा कवयत्रीहरु द्वारा वाचित रचनाहरुले कार्यक्रमको माहौलले निक्कै तताएको थियो | कविता वाचन गर्ने क्रमश
वसन्त राय ,डा.सुधा श्रेष्ठ , कोकिला सुबेदी, ईश्वर मानन्धर, जया राई, गोपी प्रसाई, खगेन्द्र नेपाली, शशी थापा सुब्बा, हरि सिह थापा डा. रुपक श्रेष्ठ, पिपला देवान, सनत गुरुङ हुनुहुन्थ्यो |
कार्यक्रममा कोसेली सास्कृतिक परिवारका अध्यक्ष बसन्त राय र निबर्तमान अद्यक्ष मदन थापाको टोलीले मङ्गल धुन बजाएर सुरु गरिएको थियो भने मद्यान्तरमा मुना मदनको गीत प्रस्तुत गरेर कार्यक्रमको रौनक, रोचकता र शोभा बढाएको थियो | त्यस्तै कोमल मल्लले आफ्ना पुस्तकका बारेमा सम्क्षिप्त मन्तब्य दिदै केहि रोचक कविता वचन गर्नु भएको थियो |
कार्यक्रममा कलाकार संघ यूकेका अद्यक्ष उमेश मोक्तान, निरमाया रोधीघरका रमेश बाबु श्रेष्ठ, वोकिंग समाजका अद्यक्ष बिनोद राई ,ठाटी समाजका अद्यक्ष दौलत राई , बिबिसी नेपाली विश्व सेवाका निर्देशक सुमन खरेल लगायतको उपस्थिती थियो |
सभाका सभापति,परिषदका अद्यक्ष हरि सिंह थापाले उपस्थित सबैमा कृतज्ञता प्रकट गर्दै सभाको विसर्जन गर्नु भयो |
कार्यक्रम बडो सौहार्द सरल मिठास एवं रोचक ढंगले प्रस्तुत गरि लामो समय सम्म दर्शक दीर्घामा साहित्यिक माहोल खडा गरी परिषदका महासचिव सुरेश जंग शाहले प्रस्तुत गर्नु भयो | लन्डन स्थित दार्जिलिंग ईन रेस्टुरेन्टमा संचालित कार्यक्रममा साझ ७-११ बजे सम्म चलेको थियो |
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *