-परी बान्तवा ‘बानु’
उज्यालो त्यो घामको सन्ध्या पछी लुकी जान्छरे,
सारा जगतमा मायाँनै मरि गएपनि रही रहन्छरे ।
उज्यालो त्यो घामको सन्ध्या पछी लुकी जान्छरे,
सारा जगतमा मायाँनै मरि गएपनि रही रहन्छरे ।
भेल बाढी पैरो भारले किच्दो रैछ जिन्दगीलाई,
झरी बादल चट्यानले पिटदो रैछ जिन्दगीलाई ।
चखेवा त्यो जोडी को बिछोड पछी मिलन हुन्नरे,
यो धरती मा मायाँनै मरि गएपनि रही रहन्छरे ।
हुरी बतास आँधी वेगले भाँची रहयो पालुवालाई,
फक्री फुल्ने कोपिल र पाउलिने मुना आँकुरालाई ।
अभरा त्यो साथको क्षर्णिक मात्र मिलन हुन्छरे,
दुनियाँ मा मायाँनै मरि गएपनि रही रहन्छरे ।।
प्रकाशपुर, सुनसरी
हाल, इराक ।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar