श्रीपेच वस्त्राभूषित कविताहरू
चिचिला टोपीधारी कविताहरूसँग जोरी खोजिरहदा
निधारको डिलभरि नाम्लाका डामका भाग्य टाँस्न
जिजीविषाको अलकापुरीमा खुइया काढ्दै भरिया दाइको
सपना सोध्छ,
बा ! बा !! यो KFC  किन King’s Way मा नै त।?!
किन हुनन् 
यिनीहरू
माने भञ्ज्याङ्ग, सिरूघारी र मोफसलका लोकमार्गहरूमा
जीवनदेखि दिक्क लागेर
थालेकाछन्
मृत्युहरू अमरत्वको
समाधिलेखनमा
ससीम बन्धनयुक्त अस्तित्वभन्दा असीम जीवनबादी मृत्यु प्यारो
कालीखोला(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिबिरबाट। 
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *