हरिदेवको उपस्थितिप्रति दिपकले सधै‘ं नकारात्मक दृष्टिकोण राख्ने गरेको बिष्णुदेवीलाई कत्ति चित्त बुझेको थिएन । बीसौ‘ं वर्ष डेरामा बिताउ‘ंदा हुर्केको सुमधुर सम्वन्ध जीवन्त बनाई राख्ने अभिलाषा घरका कसैलाई व्यक्त गरेकी पनि थिइन उनले । लोग्ने भनाउ‘ंदो कृष्णबहादुर कतिपय रहस्य बुझेर पनि एकशब्द उच्चारण गर्दैनथ्यो । दिपक बाहेक दुई छोराहरु पनि उस्तै थिए ।
हो, कृष्णबहादुर वर्षको सात,आठ महिना गाउ‘ंमै व्यस्त रहने गथ्र्यो । उसको अनुपस्थितिमा हरिदेवले आफ्नी श्रीमतीलाई भन्दा अधिक माया र विश्वास गर्ने गरेकाले बिष्णुदेवीको हृदयबाट कृष्णबहादुरप्रतिको आस्था धमिलि‘ंदै गएको थियो । समाज र लाठे छोराहरुले के भन्लान् भन्ने कुनै संकोच थिएन उनमा । हरिदेवले बोलेपछि जुनसुकै बेला जुनसुकै ठाउ‘ंमा पनि जान तयार हुन्थी– बिष्णुदेवी । उनले लिने अठोटको विपक्षमा कोही बोल्न सक्दैनथे ।
कहिलेकाही‘ं दिपकले ‘रात परेपछि पनि कहॉं हिड्न लाग्नु भा ?’ भनेर एक प्रकारको असहमति व्यक्त गरे पनि ‘के म रण्डीबाजी गर्न जान ला होे र ? लाउके किन बन्न खोज्छस् त‘ं ?’ भन्ने आक्रोस मिश्रित जवाफ ओकल्दै आफ्नो इच्छा पूरा गरेरै छोड्ने आदत थियो उनको । त्यसैले हरिदेवलाई बिष्णुदेवीसंग बाहिर डुल्न जान कुनै साइत हेरिरहनु पर्दैनथ्यो । समाजले अनगिन्ती कुराहरु काटे पनि उनीहरु एक कानले सुनेर अर्को कानले उडाई दिन्थे । ‘बिष्णु–हरि’ का नामले उनीहरुलाई नचिन्ने सायद कोही थिएनन् टोलमा मानिसहरु । बिना संकोच दुबैजना नारिएर बाटोमा हि‘ंडेको देख्दा सबै छक्क पर्थे ।
घर नजिकका छिमेकीहरु–‘ कस्ती पात्तिएकी बुढी रै’छ ? त्यत्रा–त्यत्रा छोराहरु भएर पनि घरपतिसंग घुम्न जान सरम नमान्ने ! लोग्ने सोझो भयो भन्दैमा सबैका स्वास्नी यस्तै हुने हो भने यो संसार कस्तो होला ? बिचरा छोराहरुलाई पनि मनमा के लाग्ला ? भनू‘ं भने आफ्नी आमा, नभनू‘ं भने त्यस्तो चाला । यस्ती खाले आमा त संसारमा कसैका नहोस् वा ….’ भन्दै मनको तितो पोख्थे भने कोही– ‘ मान्छेको फेला नपरेकी मोरी ! हाम्राजस्ता लोग्ने पर्नु पर्ने तेस्लाई ! अनि देख्थी बाबुको बिहे । कमसेकम छोराहरुकोे लाज त लाग्नु पर्छ । कस्ती नकचरी आइमाई रै’छ ? लाज शरम भनेको रत्ति नभएकी ! फेरि त्यो अर्काकी स्वास्नीको पछि लाग्ने हरिदेव कस्तो हो ? त्यस्को स्वास्नीले पनि कसरी सहेर बसेकी हो ? अर्काकी स्वास्नीसंग गएर घण्टौ‘ंसम्म गफ गरिरह‘ंदा, नारि‘ंदै डुल्न जॉंदा त केही बोल्नु पर्ने हो नि ! रहस्य के हो भन्ने केही बुझ्न सकिएन बाः……’ भन्ने गर्थे ।
हो, मानिसहरुले आफ्नी आमाको बारेमा अनेकौं कुरा काट्छन् भन्ने दिपकलाई धेरै पहिले थाहा थियो । तर उसले जन्मदिने आमा भएकी कारण बिष्णुदेवीको विपक्षमा कहिल्यै कसैसंग बोल्न सकेको छैन । राम्रो एकशब्द बोल्दा नराम्रा चारशब्द फर्काउने आमाको बानी राम्ररी थाहा थियो उसलाई । त्यसैले मनका असन्तुष्टीहरु केवल मनमै गुम्साएर राख्नु बाहेक अन्य विकल्प केही सोच्न सकेको थिएन– दिपकले ।
झण्डै तीस वर्षको भरिलो वैंश बित्न लागिसक्दा पनि कतैबाट बिवाहको प्रस्ताव नआउनुका पछाडि आमाको आचरण नै प्रमुख कारकतत्व हो भन्ने बुझेर पनि विवश छ ऊ । भन्न केही सक्दैन । हरिदेवको विरोधमा कसैले कुनै कुरा भनेको आमालाई पाच्य हु‘ंदैन भन्ने यथार्थ बुझेको छ उसले । यद्यपि केही नबोलेर बस्दा दिन प्रतिदिन टोल छिमेकका मानिसहरुलाई कुरा काट्दै दिन बिताउन झन् फराकिलो वातावरण सिर्जना हु‘ंदै जाने सम्भावनाप्रति चिन्तित पनि बनेको छ ।
अन्ततः नेपालको सामाजिक परम्पराभन्दा अलि भिन्न परिवेशमा हुर्केकी एक कन्यास‘ंग बिवाह हुने निश्चित भयो – दिपकको । यो निश्चितताले ऊभित्र अनेकौ‘ं तरङ्गहरू पैदा हुन थाले ।
–अर्काकी छोरी घरमा भित्रिएपछि आमाको आचरण थाहा पाई भने के गर्ने ?
–भोलि कतै आफैलाई छोडेर हि‘ंडी भने के गर्ने ?
–हरिदेव, आमाको को पर्छ ? भनेर सोधी भने के जवाफ दिने ? भन्ने आदि इत्यादि सोच्दा–सोच्दै यी तनावपूर्ण
कुराहरूबाट उन्मुक्ति पाउन सर्वप्रथम हरिदेव र आमाको सम्बन्ध छुटाउनु प्रथम कर्तव्य सम्झ्यो– दिपकले ।
त्यसो त ऊ जन्मिएर हुर्किएको हरिदेवकै घरमा हो । सानैदेखि ऊ र अन्य उसका भाइहरुले हरिदेवलाई ‘हरिबुवा’ भनेर सम्वोधन गर्ने गर्थे । उनीहरु साना छ‘ंदा हरिदेवले धेरै कुराहरु व्यहोरेको पनि थियो । विद्यालयको शुल्क, किताव–कापीदेखि लिएर दशैंमा नयॉं लुगा हालिदिने जिम्मेवारी समेत बिष्णुदेवीले हरिदेवलाई नै सुम्पेकी थिई । त्यसैले दिपकको मुखबाट हरिदेवको विरुद्ध कुनै शब्दहरु निस्कनु त्यति सहज थिएन । र, उसले भित्री मनमनै सोचेको पनि थियो – ‘यदि मैले सत्य–तथ्य कुरो ओकल्ने हो भने त्यसको परिणाम ज्यादै गम्भीर हुन्छ’ भन्ने ।
एकदिन दिपक अफिसबाट छिटै घर फक्र्यो । उसले बाटोभरि सोचे अनुसार हरिदेव आफ्नी आमाको कोठामा ढोका लगाई मस्त गफ गरिरहेको सुन्यो । सायद ऊ घर आइपुगेको संकेत कोठाभित्र पुगेको थिएन ।
आफ्नो बावु भनाउ‘ंदो कृष्णबहादुर बारीमा काम गर्दै गरेको देख्यो उसले । घरमा काम गर्ने केटी पनि आफ्नै कोठाभित्रै सुतिरहेकी थिइ ।
घरको वातावरण देखेर दिपक एकछिन छट्पटायो । ऊभित्र धेरै असजिला पनहरु जन्मिए ।
क्रोधहरु अनायासै सल्बलाउन थाले । अन्ततः ऊ आमाको कोठातिर सरासर गयो । बन्द ढोकामा मुठ्ठीले ढक्…ढक् हान्यो । आवाज सुनेको केही मिनेटपछि बिष्णुदेवीले ढोका खोली ।
रगत झर्लाजस्तो मुहार लिएर ठिङ्ग उभिएकोे छोरा देख्नासाथ उनको मुहार पनि एक्कासी कालो–निलो हुन पुग्यो ।
दुबैजना अवाक् बनेको देखेर हरिदेवले अत्तालि‘ंदै भन्यो– “आज त छिटै आयौ नि दिपक ! सन्चो भएन कि क्या हो ? अ‘ं … मुख पनि रातोरातो देख्छु म त ! ”
“त‘ंलाई ज्वरो आ’त छैन ?” बिष्णुदेवीको मुखबाट जवरजस्ती शब्दहरु निक्लिए ।
आमाको बोली सुनेपछि दिपकले आफ्नो अनुहार झन् रातो बनाउ‘ंदै बर्वराउन थाल्यो– “लाज लाग्दैन तपाईंलाई ? कसरी बोल्न सक्नु भा’छ मसंग ? एउटी स्वास्नीमान्छेले पराई लोग्नेमान्छेसंग दिउ‘ंसै ढोका थुनेर बस्दा समाजले के भन्छ ? उता बुवा बारीमा काम गदै हुनुहुन्छ ,यता तपाईं …..। अलिकति सरम त मान्नुस् आमा ! कसैले बोलेन भन्दैमा जे पायो त्यै गरेर बस्न त पाइ‘ंदैन नि ! कस्तो मतिभ्रष्ट भएको तपाईंको ?”
“हैन किन बौलाएको यो ? ढोका थुनेर हामीले के ग¥या छौ‘ं र ? यो त आमालाई बात लाउने कुरा पो गर्छ बाः…” भन्दै बिष्णुदेवीले आपूmलाई निर्दोष सावित गर्न खोजी ।
“यसो दुःखसुखको कुराकानी गरेर बसेको नि ! त्यति साह्रो नरिसाऊ न !” भन्दै हरिदेवले आफ्नो गल्ती छोप्न के खोजेथ्यो, दिपक एक्कासी शिष्टाचारको घेरा नाघ्दै बम्किया– “तपाईं चूप लाग्नुस् । दहीको साक्षी बिरालो भै किन बोल्नु हुन्छ ? तपाईंजस्तो रण्डो त यो संसारमै छैन होला ! एकदिन हैन, दुईदिन हैन, सधै‘ंसधै‘ं किन आउनु हुन्छ यो घरमा ? के काम छ तपाईंको ? एक स्वास्नीमान्छेको कोठाभित्र ढोका थुनेर बस्दा घरका मान्छेहरुले के भन्लान् , छरछिमेकहरुले के भन्लान् भन्ने डर लाग्दैन ? कस्तो नकचरो तपाईं ? अब भोलिदेखि यो घरमा पाइला नटेक्नु होला । यदि जवरजस्ती आउन खोज्नु भो भने त्यस्को परिणाम पनि राम्रो नहोला !”
“कत्रो हिम्मतले बोल्दैछस् ए त‘ं ? हिजोका दिनहरु बिर्सिस् तै‘ंले ? स्कुलको फिस तिर्ने पैसा नहु‘ंदा, एकजोर लगाउने लुगा नहु‘ंदा त हरिबुवा भन्दै पछि लाग्थिस् नि ! दुई,चार अक्षर पढ्दैमा किन ठूलो हुन्छस् ? तेरो घरमा आएर मैले के नै गरेको छु र ? मेरै कृपाले पढिस्, मैले नै जागिर बनाई दिए‘ं । के बोल्न पायो भन्दैमा जे पनि बोल्न लाज लाग्दैन त‘ंलाई ? न आ भन् न, आउ‘ंदिन तेरो घरमा । हिजोको फुल आजको चल्ला होस् त‘ं । बढी फुर्ति नदेखा …..” भन्दै हरिदेव पनि रन्कियो ।
“फुल या चल्ला जे सुकै हू‘ं, तपाईंलाई मतलव छैन । अहिले नै जानुस् आफ्नो घर । हैन भने मैले नै घोक्य्राउनु पर्ला !”
दिपकले निकालेका शब्दहरुसंग प्रतिरोध गर्न सक्ने क्षमता हरिदेवको भएन । अन्ततः ऊ ‘त‘ंजस्ताको घमण्ड एकदिन भगवानले तोड्ला’ भन्दै आफ्नो घर लाग्यो । बिष्णुदेवीलाई हरिदेवले हार स्वीकारेको चित्त बुझेन ।
“आफ्नो बावु सरह उमेरको मान्छेलाई त्यस्तो भन्नु हुन्छ ? दुःख पर्दा कति काम दिएकाथे उनले, सम्झनु पर्दैन ? आफ्नै ठानेर त आएका हुन्, पराई ठानेका भए किन आउ‘ंथे र तेरा घर ?” भन्दै उनले घुमाउरो पारामा असहमति पोखी ।
दिपक आक्रोशित हु‘ंदै मनमा नपचेका कुराहरु ओकल्न थाल्यो– “कस्तो आफ्नो ठानेर ? ल भन्नुस् ! हरिदेव तपाईंको को ? आफ्नो भन्दैमा कोठाभित्र चुकुल लगाएर बस्न मिल्छ ? बुवाको डर नमाने पनि समाजको डर त मान्नुस् ! मान्छेले के भन्ला ? दिन–दिनभरि दुई जना संगसंगै बस्दा ! भोलि घरमा बुहारी भित्रिएपछि के भन्ली ? बुहारीको अगाडि पनि दिनभर हरिदेवसंगै ढोका थुनेर बस्नु हुन्छ कि क्या हो ?”
“बसे‘ं त बसे‘ं । त‘ंलाई के भो ? छोरा भएर आमासंग बोल्ने ढॉंचा यही हो ? बडो बुजु्रक बन्दोरहेछ ! बोल्न पायो भन्दैमा मनपरी नबोल आमासंग । मैले जन्माएर हुर्काएकी हू‘ं त‘ंलाई !” भन्दै बिष्णुदेवीले आफ्नो स्पष्टिकरण दिई ।
“चूप लाग्नुस् तपाईं ! कसले भन्यो तपाईंले जन्माएको हैन भनेर ? तपाईंजस्ताको छोरा भएर त आज यस्तो बेइज्जत हु‘ंदैछ मेरो । आफ्नो गल्ती किन स्वीकार्नु हुन्न ? बुवा भने बारीमा काम गरिरहने, तपाईं भने लोग्नेमान्छेसंग कोठामा चुकुल लगाएर बस्ने ? यो कहॉंको नियम हो ?” भनेर दिपकले भन्दाभन्दै बिष्णुदेवी थरर काम्न थाली । उनको अवस्था देखेर दिपक एक्कासी नरम हु‘ंदै भन्न थाल्यो– “आमा भएर छोराको कुरा पनि त सुन्नु पर्छ ! के छोराछोरीले आफ्नो आमालाई कहिले नराम्रो भन्लान् ? ल भयो नकाम्नुस्…. । मैले जे जति गल्ती गरेको लागे पनि माफी दिनुस् । अब म यस्ता कुराहरु कहिल्यै गर्दिन ।”
तर बिष्णुदेवीको शारिरीक कम्पन कम भएन । झन् झन् बढ्न थाल्यो ।
आमा डाइबिटिजको बिरामी भन्ने कुरा दिपकलाई थाहा छ । त्यसैले सम्भावित जोखिमबाट बच्न उसले तुरुन्त फोन ग¥यो– एम्बुलेन्सका लागि हस्पिटलमा । अनि अत्तालि‘ंदै बावुलाई पनि बोलायो । टोलका केही मानिसहरु
पनि जम्मा भए । अस्पताल लैजाने सोचाई सबैको बन्दै के थियो, बिष्णुदेवीले भन्न थाली– “मलाई अस्पताल लैजानु पर्दैन । बरु हरिबावुलाई एकपटक बोलाई दिनुस् तपाईंहरुले । आज दिपकले हरिबावुलाई भन्नु नभन्नु भन्यो । उहॉं रिसाएर जानु भा’छ । मलाई पनि आज यसले ज्यादै चित्त दुखायो ।”
आमाको कुरा सुनेर दिपक ट्वाल्ल प¥यो, केही बोल्न सकेन । सबैले ‘के भन्यौ दिपक आमालाई ?’ भन्दै कौतुहलता पोख्न थाले । तर दिपकले यथार्थ खोल्न चाहेन । ऊ नून खाएको कुखुराझै‘ं झोक्रिन थाल्यो ।
बिष्णुदेवीले फेरि भन्न थाली– “मलाई ज्यादै गाह्रो भएर आयो । म अब मर्छु होला ! म सबैको अगाडि एउटा कुरा भन्छु, त्यो के हो भने– मेरो छोरा दिपक, दिनेश र दिलिपका सक्कली बावु हरिदेव नै हुन् । मेरो लोग्ने त नाम मात्रको हो । ऊ नपुंसक छ । मलाई तीन छोराहरु हरिदेवले नै दिएका हुन् । त्यसैले दिपक ! म मरे पनि आफ्नो बावुलाई माया गर्नु, आदर गर्नु …। म…ला….ई.. दो…ष…नदि…नु ।”
यति भनेर बिष्णुदेवीले ऑंखा चिम्ली ।
कोठामा स्तब्धता छायो । उपस्थित सबै एक आपसमाा मुख जुधाउ‘ंदै मुन्टो निहु¥याउन थाले ।
यत्तिकैमा कृष्णबहादुरले भन्यो– “यस्ता आइमाई बॉंच्नुभन्दा त मरेकै ठीक ! जिन्दगीमा एकदिन पनि सुखको सास फेर्न दिइन यसले । अन्तिममा यो चर्तिकला देखिन्छ भनेर मलाई पहिल्यै थाहा थियो ।
एउटा सत्यकुरा यहॉंहरुलाई म पनि सुनाउ‘ंछु आज । पत्याउनु हुन्छ ? यो आइमाइसंग मैले शारिरीक सम्पर्क कहिल्यै राखिन । आजभन्दा चालिस वर्ष पहिले मैले यिनीलाई बिवाह गर्नु प¥यो । बिवाह गरेको महिनादिनभित्रै यसका नाठाहरु को को हुन् भन्ने कुरा मैले पत्ता लगाए‘ं । ती नाठा भनाउ‘ंदा कतिले ‘यदि बिष्णुदेवीलाई छोडिस् भने तेरो ज्यान पनि रह‘ंदैन’ भनेर धम्की दिए मलाई । यस्तै धम्की र त्रासलाई बोक्दै म काठमाडौ‘ं आए‘ं यसलाई लिएर ।
बीस,पच्चिस वर्ष डेरा गरी बस्दा घरपति भनाउ‘ंदो हरिदेवसंग सल्केकी मलाई राम्ररी थाहा थियो । तर समाजको लाजले मैले केही भन्न सकेकी थिइन ।”
कुरा सुनेर सबैजना दिग्भ्रमित बने । केही क्षणमै एम्बुलेन्स आइपुग्यो । छिमेकीहरुले बिष्णुदेवीलाई अस्पतालतिर दौडाए । तर दिपक गएन । ऊ किंकर्तव्यविमूढ हु‘ंदै सोच्न थाल्यो –“
– आमाको कुरा सही हो भने आजसम्म लुकाएर राख्नुको अर्थ के हो ?
– बाबु भनाउ‘ंदोले पनि आजसम्म आफ्नो रहस्य नखोलेको कारण के हो ?
– अब जिन्दगीमा कस्लाई बाबु भन्ने ?
– किरिया कुन बाबुकोे बस्ने ?
– कुन मुखले समाजमा हि‘ंड्ने ?
– अब बॉंच्ने या मर्ने ?” आदि आदि ।