गाउ‘ंबाट रित्तो हात शहर पसेर एक धनाढ्यको घरमा नोकरी गरेको पनि करिब दशवर्ष पुगिसक्यो– धर्मदेवको । ‘राम्रो काम गरिस् भने त‘ंलाई मैन्हाको दुईहजार पाउने जागिर हाल्दिन्छु’ भनेर मालिकले पहिले भनेका कुरा झल्झली सम्भ‘ंmदै उसले आजसम्म इमान्दारीपूर्वक काम गर्दै आएको छ । तर कति वर्षपछि जागिर हुने हो भन्ने न केही थाहा छ, न मालिक भनाउ‘ंदो शम्सेरबहादुरलाई सोध्ने उसको हिम्मत छ । झन् महिनावारीको दुईसय पनि ‘एकैपटक लेलास्’ भन्ने तानाशाही निर्देशन पालना गर्दै आफ्ना जोश–जॉंगरहरु मालिककै घरमा खर्चिनु परिरहेको छ उसले ।
अर्काको घरमा काम गर्ने आपूm सरहका केटाहरु प्रायः जागिरे भई ठॉंटले हि‘ंडेको, वर्षको एकैपटक भए पनि लाहुरेझै‘ं भएर गाउ‘ं गएको देख्दा उसको मन अति कु‘ंडिने गर्छ । दुई–चार वर्ष अघि गाउ‘ंबाट बाबु बिरामी छ भन्ने खवर आउ‘ंदा समेत घर जान पाएन उसले । त्यसबेला ऊ धुरुधुरु रु‘ंदा ‘जन्म नदिए पनि कर्म दिने बावु तेरो मै हू‘ं’ भनेको थियो– शम्सेरबहादुरले । त्यो सम्झ‘ंदा धर्मदेवलाई शम्सेरबहादुरको रगत पिउने इच्छा जागृत हुन्छ मनभित्र । तर के गर्ने ? ऊ त्यसो गर्न सक्दैन । शुरुमा आफैले बुद्धि पु¥याउन नसक्दाको फल भोग्नु परिरहेकोले ‘पूर्व जन्ममा के ऋण खाएको रै’छु यस घरको’ भन्दै प्रायश्चितको ज्वालाभित्र पिल्सनु बाहेक अरु कुनै विकल्प देखेको छैन उसले ।
टोलका केही सज्जन मानिसहरुले – ‘हेर् धर्मे ! यत्रो लाठे भएर पनि अर्काको घरमा नोकर हुन लाज लाग्दैन त‘ंलाई ? बरु ज्यामी काम गर्न जान न ! दिनको सय त कमाउ‘ंछस् । मुतको न्यानोजस्तो एकपेट खान पायो भन्दैमा ढुक्क नहो बाबै ! भोलि पाखुरामा बल भएन भने त्यो शोषक शम्सेरेले घोक्रेठ्याक लगाउ‘ंछ त‘ंलाई, बेलैमा बुद्धि पु¥या है ! हैनभने ठूलो दुःख पाउलास् भविष्यमा !’ भनेता पनि ऊ विवश छ, लाचार छ । आफ्नो गुह्य कुरो खोल्न चाहेर पनि सक्दैन ऊ । त्यसो त शम्सेरबहादुरले आफ्नो कर्तुत कसैलाई नभन्नु भन्ने कडा आदेश दिएको छ उसलाई ।
‘मनको वह कसैलाई नकह’ भनेजस्तै आफ्नो विरह र व्यथाहरु मुटुभित्र गॉंठो पारी बस्दा समेत कहिलेकाही‘ं शम्सेरबहादुर सन्क‘ंदै– ‘हेर धर्मे ! यदि तै‘ंले यो घर छाडेर भागिस् भने म तेरो बाबुकहॉं गएर कागज अनुसारको रकम असुल गर्छु ! त्यति लर्तरो मान्छे नठान् मलाई । म त काजी शम्सेरबहादुर हू‘ं । यदि कसैले मलाई धोका दिन्छ भने पातालमै गएर पनि बदला लिएर छाड्छु बुझिस् ? त्यसैले आफ्नो ज्यानको माया भए मेरो आदेशलाई सधै‘ं शिरमा राखेर काम गर्ने गरेस् । हैनभने मेरो बन्दुकको गोलीले तेरो छाती प्वाल पर्ला !’ भन्ने गर्छ ।
कुनै गल्ती नगर्दा पनि धम्की सुन्नु पर्ने विवशताबाट मुक्ति पाउन एकदिन धर्मदेवको एक मनले सोच्न थाल्यो– ‘यसरी अर्काको नोकर भएर कति दिन बस्ने ? म पनि त हात–पाखुरा भएको मान्छे हू‘ं ! यो घरमा गरेको दुःख बाहिर गर्ने हो भने मैन्हाको तीन–चार हजार कमाउन किन नसकिएला र ? एउटा जीवनसाथी कसो नभेटिएला र ? शम्सेरकाजीले मुखले भनेजस्तो मलाई मार्न त गाह्रै पर्छ । राजा नभएको देश हो र यो
? आखिर दशवर्षसम्म त मैले काम गरिहाले‘ं । एक पैसा हिसाव गरेका छैनन् शम्सेरकाजीले । कसैको घरमा बॉंधा बसिरहनु भन्ने केको कर छ र ? पैसा कमाएपछि एकलाख पनि तिरिदिउ‘ंला बरु !’ भन्दै ।
एक्कासी फेरि मनभित्र अर्का बिचारहरु पनि सल्बलिन थाले– ‘शम्सेरकाजी जे–जस्ता भए पनि मालिक्नी साहेब त ठीकै हुनुहुन्छ । विद्या मैसा’पले बेलामौका राती खुसुक्क कोठाभित्र डाकिहाल्नु हुन्छ क्यारे ! विवाह नै
किन गर्नुप¥यो ? यदि वहॉंको विवाह भएन भने शम्सेरकाजीको शेषपछि यो धन–सम्पत्ति खाने को नै छ र ? नआत्तिकन केही वर्ष बस्न सकियो भने मेरो भाग्य नचम्कने कुरै छैन । बरु मालिक्नी साहेबको सेवा राम्ररी गर्नुप¥यो । मैया सा’पको विवाह नहोस् भनी देवदेवीलाई भाकल गर्नुप¥यो । मेरो पुकार भगवान्ले कसो नसुन्लान् र ?’ भन्ने मनका बिभिन्न बिचारहरुसंग खेल्दाखेल्दै धर्मदेव भुसुक्क निदायो ।
०० ०० ००
एकदिन शम्सेरबहादुरले छोरीको विवाह सम्बन्धी छलफल गर्न आफ्ना केही नातेदारहरुलाई घरमा बोलायो । कमजोर आर्थिक स्थिति भएकाहरुले छोरी माग्न आउ‘ंदा सम्पत्तिको अस्वाभाविक पोज छॉंट्दै अरुको अस्तित्वलाई दुई कौडीमा मूल्याङ्कन नगर्ने आफ्नो आदतले छोरीको जीवनमा कस्तो प्रभाव परिरहेको छ भन्ने कुरा उसलाई पत्तो थिएन । त्यसैले कुराकानीको शुरुमै शम्सेरबहादुरले भन्यो– ‘हाम्रो ज्वाई भन्न सुहाउने एउटा केटो खोज्नु प¥यो विद्यालाई हजूरहरुले ! आउन त डाक्टर, इन्जिनियर, वकिल, सरकारी अधिकृतहरु कति आए कति ! कोही दर्जा भएका तर काठमाडौ‘ंमा घर नभएका, कोही दर्जा नभएका तर काठमाडौ‘ंमा चार–पॉंचवटा बंगला भएका, त्यस्तालाई पूmलको थुङ्गाजस्ती छोरी कसरी दिनु ?’
एकले भन्यो– ‘डाक्टर, इन्जिनियरले माग्न आएको छ भने के खोज्नु त ? पछि आफै बनाई हाल्छन् नि घर !’
अर्कोले भन्यो– ‘केटा धेरै छान्यो भने झन् छनौटमा परिन्छ भन्छन् । जागिरे सरिफ केटो छ भने अरु कुरा हेर्नु हु‘ंदैन । सबै मिल्ने खोज्दा–खोज्दै छोरीको उमेर ढल्किसक्यो । समाजले पनि के भन्ला ? यता घरमा काम गर्ने लाठे पालेको छ उता तरुनी छोरीको विवाह भएको छैन ।’
यत्तिकैमा शम्सेरबहादुरकी श्रीमतीले भनी– ‘खै ! वहॉंलाई जुन पायो त्यो केटो चित्तै बुझ्ने हैन । डाक्टर, इन्जिनियर पनि चाहिने, आपूm सरहकै धनी पनि चाहिने….. । फेरि धर्मेलाई पनि एउटा नोकरीमा लगाइदिएको भए हुन्थ्यो । बिचरो त्यै लोभमा आजसम्म बसेको छ । अरुको काम मात्रै खॉंदा त पाप पनि लाग्छ नि !’
शम्सेरले भन्यो– ‘के को पाप ? एकपेट खान र लाउन दिएकै छु क्यारे ! घरमा काम गर्नेलाई नोकरी लगाइदियो भने बाहिरको हावाले बाठो भै हाल्छ नि ! जागिरे भएपछि अनि को बस्छ घरमा काम गरेर ?’
उसले भनेका कुराहरु कसैलाई पनि चित्त बुझेन । र, यो कुरा कोठा बाहिरबाट धर्मदेवले पनि सुन्यो । शम्सेरबहादुरले जिन्दगीभर नोकर बनाएर राख्न चाहेको यथार्थ प्रष्ट भएपछि उसले आपूmलाई संयमित बनाई राख्न सकेन । मनमनै ‘ढिलो–चॉंडो एकदिन मर्नै पर्ने जिन्दगी त हो नि ! जे होला होला– सबैकुरा भनिदिन्छु आज’ भन्ने सोच्दै धर्मदेव सरासर कोठाभित्र छिरेर भन्न थाल्यो– ‘ एक गॉंस खान, एकजोर लाउन दिएको भरमा जिन्दगीभर मलाई नोकर बनाउने सपना नदेख्नुस् काजीसाहेब ! तपाईंजस्तो गरिबमारा त यो संसारमै छैनन् । अब म चूप लागेर बस्ने वाला छैन । फर्कन्छु आफ्नै गाउ‘ं । मेरो दशवर्षको पसिनाको मोल आजै
हिसाब गर्नुस् । र, त्यो नक्कली तमसुक पनि सबैको अगाडि झिक्नोस् । हैनभने म तपाईंलाई पनि मार्छु, आपूm पनि मर्छु ।’
आवेगमा आई धर्मदेवले बकेका कुराहरु सुनेर सबैजना चकित परे ।
रातो–रातो मुख पार्दै शम्सेरबहादुरले भन्यो– ‘ए गधा ! तै‘ंले के खोजेको ह‘ं ? जसको मानो खायो उसकै खिल्ली उडाउने ! त‘ं साले भुसुनाको आज यत्रो पूmर्ति !’
एकले भन्यो– ‘ हैन, शम्सेरबावु तपाईं एकछिन चूप लाग्नुस् । धर्मेले भनेको नक्कली तमसुक के हो ?’
‘हजूर आज मलाई न्याय बक्सियोस् । म शुरुमा गाउ‘ंबाट आउ‘ंदा शम्सेरकाजीले झुठो तमसुक बनाई मलाई सही गर्न लगाउनु भा’छ । यदि म यस घरमा नबसेमा तिर्नु पर्ने रे – एकलाख रुपैयॉं !’ धर्मदेवले भन्यो ।
‘हैन के हो कुरा ? मैले त केही बुझिन । तमसुक किन गरेको, कतिको गरेको ?’ कोठामा उपस्थित एकजनाले प्रश्न राखे ।
‘हजूरहरुको जस्तो मनमा दया छैन शम्सेरकाजीको । तमसुकमा चलनचल्तीको व्याज बुझाउने गरी एकलाख रुपैयॉं बुझेको भन्ने लेखिएको छ हजूर …’ धर्मदेव काम्दै भन्यो ।
‘हो ! हो ! यसले केही चोरेर भाग्ला कि भनेर मैले एउटा तमसुक गराएर राखेको छु । मैले यस्लाई नोकरी नलगाइदिएको त्यसै हो र ? यो यति विश्वासघाती छ भन्ने कुरा मैले पहिल्यै पत्ता लगाइसकेको थिए‘ं’ भन्दै शम्सेरबहादुरले तमसुक गराएको कुरा सका¥यो ।
‘एउटा गरिबमाथि यस्तो अन्याय त गर्नु भएन शम्सेरबाबु ! भोलि अरुले थाहा पाए भने के भन्छन् ? आजको प्रजातान्त्रिक जमानामा कसैलाई जवरजस्ती कजाउ‘ंछु भनेर कहॉं हुन्छ र ? अब जे भयो भयो, त्यो तमसुक निकालेर च्यातिदिनुस् । यो कुरालाई धेरै अगाडि बढाउनु ठीक हु‘ंदैन’ भन्दै एकले सल्लाह दियो ।
यसै सिलसिलामा अर्कोले थप्यो– ‘तमसुक पनि च्यातिदिनु प¥यो र यसको दशवर्षको तलव पनि हिसाब गरेर दिनु प¥यो । अन्याय भनेको कसैले कसैलाई गर्नु हु‘ंदैन । गरिबको ऑंसुले पछि आफैलाई पोल्छ ।’
‘हो, हजूरहरुले भनिबक्सेको कुरा मनासिव हो । काम गर्ने केटोसंग किन त‘ं त‘ं र म म गरेर बस्नु ? हरहिसाब गरेर यस्लाई आजै निकालिदिनु पर्छ’ शम्सेरबहादुरकी श्रीमतीले पनि आफ्नो विचार पोखिन् ।
सबैको निष्कर्षप्रति आफ्नो असहमति जनाउन सकेन– शम्सेरबहादुरले । अन्ततः एकशब्द नबोल्दै कोठाभित्रबाट तमसुक ल्याएर सबैका अगाडि तेस्र्याइ दियो उसले । धर्मदेवको रोहवरमा तमसुक च्यातिएपछि शम्सेरबहादुरले तीस हजार रुपैयॉं गन्दै आफ्ना अन्तर्भावनाहरु पोख्न थाल्यो– ‘आखिर मैले यसलाई आफ्नो धर्मपुत्र बनाउन खोजेको थिए‘ं । म पापी पनि हैन, मुर्ख पनि हैन । सायद आफ्नो छोरा भएको भए मैले यस्तो नाटक रच्नु पर्दैनथ्यो । छोरीको बिवाहपछि हामी बुढाबुढीलाई यसले स्याहार–सुसार गर्ला, त्यसपछि एउटा घर
र चार–पॉंचलाख रुपैयॉं यसको नाउ‘ंमा राखिदिउ‘ंला भनेर सोचेको थिए‘ं । तर मेरा सोचाइहरुलाई कहिल्यै बुझेन यो कालो सॉंपले ।’
शम्सेरबहादुरको हृदयभित्र लुकेका सद्भावहरु सुनेर सबैजना चकित भए । तीस हजारले आफ्नो उज्यालो भविष्य डढेर खरानी भएको यथार्थ अनुभूत गदै धर्मदेव आफ्नो गाउ‘ं हि‘ंड्यो– प्रायश्चितको ऑंसु झार्दै ।