देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहॉं पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । ”
उच्च व्यक्तित्वमा आकर्षित हु‘ंदै खर्दारले भन्यो– “हुन्छ हजुर, माथि हाकिम साहेबज्यूकहॉं बस्दै गरु‘ं न । म त्यही‘ं ल्याउ‘ंछु । ”
आफ्नो आदेशलाई शिरोपर गरेको देखेर देवेन्द्र साहू प्रसन्न मुद्रा लि‘ंदै हाकिमको कोठातिर लाग्यो । काम चॉंडै गरिदिए चिया खर्च पाइएला कि भन्ने लोभ सॉंचेर खर्दारले टिप्पणी लेख्न के ऑंटेथ्यो अचानक उसको फोन आयो हस्पिटलबाट– “दाइ भाउजुले छोरा पाउनु भयो । तपाईं तुरुन्त आइहाल्नोस् ।” भन्दै ।
आफ्नो काम सुब्बालाई सुम्पेर ऊ खुसीले अत्तालि‘ंदै हस्पिटलतिर लाग्यो ।
एक घण्टासम्म पनि आफ्नो टिप्पणी माथि नल्याएकोले देवेन्द्र साहू रिसले मुर्मरि‘ंदै तल ओर्लेर बम्कन थाल्यो–“क्या हो यो चाला ? एउटा जाबो टिप्पणी लेख्न पनि यत्रो ढिलाइ ?”
उसले कुरा टुंग्याउन नपाउ‘ंदै सुब्बाले जवाफ दियो– “हैन साहूजी उहॉंको हस्पिटलबाट जरुरी फोन आ’थ्यो । अहिले आइहाल्नु हुन्छ । तपाईंको काम आज सकिए भैहाल्यो नि !”
देवेन्द्र साहू झन् ठूलो स्वरले कराउन थाल्यो– “मलाई थाहा छ तपाईंहरुको नियत । यो त मात्र पैसा खाने बहाना हो बुझ्नु भो ?” भन्दै ।
सुब्बाले विनम्रतापूर्वक फेरि भन्यो –“हैन…हैन साहूजी ! अरु कोही होलान्,तर हामीलाई त्यस्तो आरोप लाउनु भएन । उहॉं आउनु भएपछि तुरुन्तै भैहाल्छ तपाईंको काम । बरु एकछिन माथि हाकिमसाहेबज्यूकहॉं नै बसिरहू‘ं न ।”
“मलाई तपाईंको हाकिमकहॉं बसिरहने फुर्सद छैन । ठीक छ भोलि आउ‘ंला । ” भन्दै बाहिर निस्केर एक पसलबाट विशेष प्रहरीमा फोन ग¥यो– “हलो….. म देवेन्द्र … बोलेको । हेर्नुस् न ……अफिसमा मेरो एउटा सानो काम गर्न पनि घूस खोज्दैछ एक कर्मचारी । हुन्छ … हुन्छ हजुर भोलि म आफै त्यहॉं आउ‘ंछु । ”
सकारात्मक जवाफमा दङ्ग पर्दै फोनको रिसिभर राख्यो उसले ।
भोलि दिनको ११ बजे नै गुप्तचरहरुलाई लिएर देवेन्द्र साहू अफिस पुग्यो । त्यसबेला खर्दारले काम सकेर हाकिमसाहेबकहॉं टिप्पणी पेश गरिसकेको थियो । उसलाई साहूले आज फसाउन खोज्दैछ भन्ने थाहा थिएन ।
काम छिटो छरितो तरिकाले समयमै गरिदि‘ंदा प्रायशः ग्राहकहरुले खुसी भएर चियाखर्च भन्दै हातमा राखिदिने ५०÷६० रुपियॉंलाई उसले कहिल्यै घूस ठानेको थिएन । त्यसैले ऊ आज पनि चियाखर्च अवश्य पाइन्छ भन्ने सपनामा मग्न हु‘ंदै बसिरहेको थियो ।
“क्या हो खर्दार साप ! हिजो त घण्टौं कुराइदिनु भो नि ! बरु यति चाहिन्छ भनेको भए त भैहाल्थ्यो । त्यस्तो दुःख पनि दिनुहुन्छ ?” भन्दै अगाडि उभिन आइपुगेका देवेन्द्र साहूलाई देखेर एकछिन अकमक्क प¥यो ।
“हजुर हिजो टिप्पणी लेख्दालेख्दै हस्पिटलबाट फोन आएर अपरझट जानु प¥यो । आज सकेर फाइल माथि पेश गरिसकेको छु । बरु माथि नै सम्पर्क राखू‘ं न ।” भन्दै नम्रता पोख्यो आफ्नो लोभलाई सुरक्षित राख्दै–खर्दारले ।
“अबदेखि त्यस्तो दुःख कसैलाई पनि नदिनु होला । ल भन्नुस् चिया खर्च कति दिउ‘ं ?”
–“हजुरको जो इच्छा । ”
–“तैपनि…।”
–“हेरेर दिबक्से हुन्छ नि ।”
यत्तिकैमा ढोका बाहिर उभिइरहेका गुप्तचरहरुलाई ऑंखा सन्काउ‘ंदै देवेन्द्र साहूले मनिव्यागबाट सयको नोट झिक्दै उसको हातमा दियो ।
“जय जय होस् हजुर” भन्दै नोटलाई खल्तीमा राख्न के खोजेथ्यो, गुप्तचरहरु आएर उसको हात ट्याप्प समाते ।
तुरुन्तै सर्जमिन मुचुल्का भयो ।
पैसा लिएको हैन भनेर कसैले बक्न सकेनन् । आखिर उसलाई समातेर कारवाहीका लागि लगियो । आफ्नो षड्यन्त्र सफल भएकोमा देवेन्द्र साहू दङ्ग पर्दै हाकिमको कोठाभित्र छिरेर दुई हात जोड्दै भन्न थाल्यो– “ के गर्ने हजुर ? यस्ता कर्मचारीहरुले गर्दा अफिसकै बदनाम हुन्छ । अनि हजुर, मेरो टिप्पणी के भयो होला ?”
“अ‘ं… भर्खरै स्वीकृत गरिदिएको छु । बस्नुस् न देवेन्द्रजी ।” भन्दै हाकिमले भलाकुसारी गर्न थाले ।
–“हेर्नुस् न आज कस्तो झरी परिरहेको ?”
–“व्य्राण्डी लगाउनु पर्छ हजुर !”
–“कुन तलबले खानु यो मह‘ंगीमा व्य्राण्डी ?”
–“खै हजुरले हामीलाई सम्झिबक्सन्न त । हामीलाई पनि यसो सेवा गर्ने अवसर दिबक्से के नै बिग्रन्छ र ?” भन्दै हाकिमको टेबुलबाट फोन ग¥यो– देवेन्द्र साहूले –“को बोलेको ? …अ‘ं… सून त समिरको हातमा पॉंच बोतल बेलायती व्य्राण्डी र पॉंच कार्टुन ५५५ चुरोट …..सापको घर ….मा अहिल्यै पु¥याउन पठाइदेऊ त ! ”
–“आ … किन दुःख गर्नु भा’को देवेन्द्रजीले । ”
“हैन हजुर केको दुःख ? यो त मेरो सौभाग्य हो । भोलि जर्मन जॉंदैछु । फर्केपछि दर्शन गर्न आउ‘ंला” भन्दै आफ्नो कागजात बोकेर देवेन्द्र साहू दुई हात जोड्दै कोठाबाट निस्क्यो ।