(डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा)
एक अञ्जुली हृदय
मायाको शिखर चुम्दै
मेरो पहाड हिँडिरहन्छ
जूनको अघि-अघि
घामको पछि-पछि
यही उदास दिनहरू देखेरर्
दर्जनौं-दजर्न यादका पलहरू
कुण्ठित गला निल्दै
बर-पीपलका जोडीहरू
चौतारीमा आँसु पुछ्छन्
डुबेर गएका वर्षरिका
परुाना घामहरूलाई हेदै
क्षितिजपारि र्स्वर्ग डढेको बादलका
टुक्राटुक्रीहरूलाई बटुलिरहेको
साझँलाई हेर्दै
एक अञ्जुली हृदय
मेरो पहाड हिँडिरहन्छ
जन्मिन्छन् यहाँ नयाँ वर्षरू
काँचुलीको फेरो फालेर
इतिहासको पाना कुल्चिँदै अघि बढ्छन्
फेरि पनि एक अञ्जुली हृदय
छल्किन्छन् यादहरू जोडी नयन पुदै- पुदै
बिर्सर्ीीसकेका संम्झनाका घाउहरू
पखाल्दै जाँदा
पर्खिन्छन् दोबाटो र पुराना गल्लीहरू
समयको एक आँचल ओढेर
उही एक अञ्जुली हृदय
बिर्सन्छन् साराका सारा
प्रकृतिमय अतीत कालहरू
निरुदेश्य उडेको चुरोटको
धुवाँलार्इर्र्अङक्माल गर्दै
भागेको बतास खेद्न
एक अञ्जुली हृदय
मेरो पहाड हिँडिरहन्छ
मेरो पहाड हिँडिरहन्छ