– विश्व गुरुङ
बिरानीमा तिम्रो तस्बीर राख्छु शिरानीमा
मेरो दिन-रात बित्छ तिम्रै सम्झनीमा ।
घरी-घरी रन्थनिन्छु बिछोडको चोटमा
जसोतसो सम्हालिन्छु फेरि आउँछु होशमा
पानी बिनाको लौ म त माछी झैं भा’को छु
मृगतृष्णा सपनीले तिर्खा मेटा’को छु ।।
जान्दा-जान्दै पनि यहाँ मोल पिरतीको
तर नबुझे झैं रेटें खुशी जिन्दगीको
सबैलाई जीवनभन्दा ठूलो भयो धन
आफ्नै घर बिरानो भो डुल्दै हिंड्दा वन ।।
वालिङ-१, स्याङ्जा।
Please follow and like us: