– उपेक्षित पूजा

जति पियो उति नशा बोतलको पानी साथी
पिउँछु आज नभन है यसले गर्छ हानी साथी ।।

नशा हो यो पिउनु हुन्न भन्ने कति आए गए
पिउन मन लाग्छ झनै आफैँ जानी जानी साथी ।।

बैँसले त हुँदै हैन मातेको म नसाले हो
नशाभित्र दु:ख भुल्न व्यर्थ धूवाँ तानी साथी ।।

होश छैन आज मेरो बेहोसीमा ढलेकी छु
बेहोसी मै पनि आएँ तिम्रो माया छानी साथी ।।

आँधीसरि उर्लिरन्छन् मभित्रका रहरहरु
बन्न मन लाग्छ मलाई ज्ञानी, गुनी, दानी साथी ।।

{धेरै समयपछी कोरेको यो गजल धेरै ठाउमा गल्ती भए होलान हजुरहरु बाट सल्लाह सुझाबको आशा राख्या छु}
savar facebook on 27/05/2010

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *