– दीप्स शाह

आगो बर्बादी
आगो ध्वँस
आगो कलह
आगो बिनाश
आगो उत्पिडन
मात्र मात्र संहार!!

आमा!! म आगो सुलुत्त निलिदिन चाहन्छु
ताकी अब उप्रान्त यसको उग्रतामा
तिम्रो पच्छ्यौरी नजलोस,
तिम्रो,, झुपडी नडढोस् ।

आगो चेतना
आगो सभ्यता
आगो शक्ती
आगो सिर्जना
आगो साहस
आगो! आगो!,,जीउँदो सुचक !!

आमा!! म आगो ह्वालह्वाल्ती ओकल्न चाहन्छु
ताकी अब उप्रान्त तिम्रा मेरा सन्तान
नयाँ क्षितिज कोर्न सकुन्
झिल्सिँदो रातो कोइला जस्तो जीउँदो बाँचुन् ।

“आगो” र “आगो” को रुप
समानता
बिबिधता
प्रक्रिती
प्रतिक्रिती
आगै नजानी ओकल्ल्नु
आगै नजानी निल्नु
आगै नजानी चलाइनु
आगै नबुझी “परिभाषा” गरिनु
आमा!! यही त बिडम्बना थियो! छ!

तिमी निर्धक्क होउ आमा!
अब ,,
आगो मै निल्छु ,,मै ओकल्छु
‘उद्दार’ ‘संहार’
आगो म आफ्नै हातले खेलाउँछु
ताकी अब उप्रान्त तिम्रा मेरा सन्तानले
“आगो” चिनुन् ,,,जानुन् !!!!!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *