– सुशिला निङ्लेकु

(१) पहिलो सौगात -‘रहर’

सोच्न बाध्य छन मेरा रहरहरु,
यहि कतै बिलिन मेरा सपना हरु ,
बिबस् मेरा इच्छा आकाक्षा हरु ,,
यहि कतै समेटिएका पलहरुमा
बिलिन् छन् मेरा जिवन् का पिडा हरु ,


प्रत्येक् शब्द शब्द मा कैद मेरा भावना हरु ,
रेखा रेखा ले जोड्न नपाएका
तक्दिर् हरु मा कैद मेरा भाग्य ,
सोच्न बाध्य छन् मेरा रहरहरु…..

५ मर्च् २०१०, सिड्नी

(२) रचनाको फुलबारि …

रचनाको नौलो प्राप्ति ,
कहा त्यति सजिलो हुदोरहेछ ।
शब्द शब्दको जालि बुन्दै,
रचनाले आकार बुन्दोरहेछ ।
यहा प्रत्येक अन्तरा अन्तरा,
पिच्छे शब्दको चुनौति बढ्दोरहेछ ।
प्रत्येक शब्द भित्र रमाएर,
अन्तर् आत्मा को ध्वनिले फक्राउन,
कोशिस मेरा रचनाका फूलहरु,
सायद..
यहि सहित्य बागमा फुल्न खोज्दैरहेछ ।।

१३ मार्च् २०१०, सिड्नी

(३) अन्तर्मन..

निरन्तर ध्यानशक्ति कहाँ छ त्यस्तो?
हुदैन जात-धर्म सबै फरक सस्तो l
आध्यात्मक चिन्तन, शक्ति-सृजना छ कहाँ ?
निराकार सम्झनारुपि चित्रण बर्णन जस्तो।।
प्रकृतिरुपि सार्थक अर्थ छ जहाँ l
हृदयको आसनमा विराजमान छ यहाँ l
देखिन्न तर जताततै सृष्टि छ यहाँ l
जगमग दुनिया सबैलाई हल्लाउने आखिर छन् कहाँ ?


२७ मार्च २०१०, सिड्नी

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *