आँशु हुन् गीत मेरा
पीडा हुन् प्रित मेरा
चोटहरु त तिमिले दिएका
अधुरा सपना मेरा
अपुरा सपना मेरा ……..
बाँच्न गार्हो गार्हो भयो
स्वास फेर्न सार्हो भयो
मुटु जल्यो भत-भति
सहन झन् सार्हो भयो
सानो आशमा अल्झीएछु
बाटो छेक्यो अधेरिले……
जिन्दगिको मोह छैन
दुनियाको चाह छैन
पागल प्रेमी दोस मेरो
एक पल भेट्न आउ
बाँकि केहि माग्दिन म ……..
Please follow and like us: