तिमीविनाको मेरो सारा रात दुख्छ !
संगै जीउने हाम्रो सारा बात दुख्छ !

जति कोशिश , जति धैर्य गरे पनि
नियतिले नै धोका दिंदा घात दुख्छ !

अलग्गिएरै बाँच्नु पर्दा सधै भरी
मन भित्रका प्रेम मयी खात दुख्छ !

पोखुँ कहिले यति धेरै कुरा मन्का
संयोग हुने दिन गन्दै हात दुख्छ !

कति सहनु पिडा हरु बिछोडका
उर्ली रहने बैशालु यी मात दुख्छ !

सजना गुरुङ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *