– भानु सुनुवार ‘तिरस्कृत’
धरती आकाश जस्तै, टाढा भयो दुरी,
हाम्रो नाता उडाउदै, कता गयो हुरी ।
सँगै जीउने सपना, कति थिए कति,
सबै आज खरानी भो, खुशी भए जति ।
नियतीले छल गर्दै, किन हान्यो छुरी,
हाम्रो नाता उडाउदै, कता गयो हुरी ।
आफ्नै मनलाई छल्दै, गाह्रो भयो बाँच्न,
मुटूमाथि ढुङ्गा राख्दै, गाह्रो भयो हाँस्न ।
लक्ष्य एक हुँदाहुदै, किन बढ्यो दुरी,
हाम्रो नाता उडाउदै, कता गयो हुरी ॥
Please follow and like us: