तिम्ले साथ साथ छोडिदिँदा, बिषको सिसी छुन्छु भनी नसोंच !
तिम्ले नाता तोडिदिँदा, सधै म एक्ली हुन्छु भनी नसोंच !
भविष्य त बाँकी नै छ, खराब भए पनि मेरो बिगत
अतित नै सम्झीसम्झी, बर्बाद हुदै रुन्छु भनी नसोंच !
बिराएछु बाटो मैले, ठक्कर लाग्दा होस पाएँ सुध्रिने
तिमीविना रक्सीचुरोट, पागल हुदै चुन्छु भनी नसोंच !
संसार नै लग तिमी, कोशिश गर दोष ममा लाउने
ऐनासरी टुट्नलाई,  सबको कुरा सुन्छु भनी नसोंच !
उठनेछु  लडे भनें, सहास आफै वैरी सामु जुटाई
हार मानी आँशुभित्र, जीवन मेरो थुन्छु भनी नसोंच !
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *