यो निब्रित समय
पुरातनको लौरो टेकेर
मान्छेका खुशीका बलेशीहरूमा
आफ्नो दोशी आँखा लगाउदैछ
यो नौटङ्गी समय
आफ्नो पुरानो इतिहासलाई
काम्रोमा बाधेर
मान्छेका घर घरमा
रोटेपिङ्ग लगाउन खोज्दैछ
होशियार  !
समयभित्र रहेको अन्धबिस्वास ढाल्नेहरू
होशियार !
समयमाथि बुद्दी , बिबेकले सवारहुनेहरू हो
कुनै पनि बेला, कुनै पनि पल
समय कर्मनसा  नदीझैँ उल्टो बग्न सक्छ
कुनै पनि क्षण, कुनै पनि घण्टा
समय बर्मूदा त्रिकोण झैँ रहस्यमय बन्न सक्छ।
अहिले
समयको छाती  ,नितम्ब ,जाङ्गहरूमा
मान्छे लठ्याउने जादु छ
समयको ओठ, ललाट र यौनन्द्रियहरूमा
भरपुर आनन्द छ
कुनै पनि घडिमा, कुनै पनि स्थितिमा
रङ्गिन रासलिलामा आमन्त्रित गर्दै
मान्छेलाई फसाउन सक्छ
कुनै पनि परिस्थितिमा
आफुभित्रको कुत्सित चरित्रको कालकुट बिश बमन गर्दै
मान्छेलाई डस्न सक्छ ।
यो बेला इतिहासका जगहरू हल्लनेछन
यो बेला बर्तमान खुशिका घडाहरू फुट्नेछन
त्यो बेला मान्छेको चैतन्यमा ताला  लाग्नेछ
त्यो बेला पुरूसहरू राडो र युबतिहरू बिधुवामा रुपान्तरीत हुनेछन।
त्यो बेला स-सना नानिहरू अनाथ हुनेछन
त्यसैले समय सीमा नटुट्दै जाग मानिसहरू
उज्यालो नहुन्जेल रात् रातभर
एकतामा गोलबन्द होउ मानिसहरू
भोली कसैले देखेको छैन
भोली आजको जतिको पनि नहुन बेर छैन।
यो निब्रित समय
पुरातनको लौरो टेकेर
मान्छेका खुशीका बलेसीहरूमा
आफ्नो दोषी आँखा लगाउदैछ
यो नौटङ्गी समय
आफ्नो पुरानो इतिहासलाई
काम्रोमा बाधेर
मान्छेका घर-घरमा
रोटेपिङ् लगाउन खोज्दैछ ।
अस्तु:
विबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम: भानुभक्त दुलाल
दमक,झापा
हाल: यू ए इ ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *