हर कोहीलाई साँचो माया गर्ने प्रेमी मिलोस् ! जुनी जुनीसम्म सँगै बाँच्ने मर्ने प्रेमी मिलोस् ! लुटी अस्मिता नै नाता तोडी जाने नभएर साथ निभाउन तिम्रो माग भर्ने प्रेमी मिलोस् !
कैले जिन्दगीको कुनै मोडमा छल नगरेरै सारा अतीत बाँडी तिम्रो मन हर्ने प्रेमी मिलोस् !
सँगै यात्रा गर्दा कहीं गल्ती हुन पुगे पनि तिमी झुक्दा माफी दिन अगि सर्ने प्रेमी मिलोस् !
त्याग समर्पणबाटै अर्थपूर्ण बन्छ माया निशा भए तिम्रो मनमा रश्मि छर्ने प्रेमी मिलोस् !
Please follow and like us: