– रबि भट्ट ‘रोशी’
प्रदीप्त त्यो प्रेमकथा लेख्ने एउटै पाता परोस्
संगालेको माया राख्ने एउटै बचत खाता परोस् ।

नचुकौँ है हामी चोखो साझा माया लगानीमा
सालतमामी अडिटिङ्गमा नाफा होस्की घाटा परोस् ।

नीतीखोजी गर्न सक्छन् हामी बीचको सम्बन्धलाई
कुरि कुरि जिस्क्याउलान् है धर्मपत्नी नाता परोस् ।

बाधा, अड्चन, हजार जंघार तर्नु छ है जिन्दगीमा
घाम अनि पानि ओत्ने हाम्रो एउटै छाता परोस् ।

सुमधुर हाम्रो प्रेममा लगाईदेलान् चोखे अरु
हात समाई सैर गर्ने आफ्नै घरको हाता परोस् ।

हाल- नेपालकतार अनलाईन डट कम दोहा, कतार ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *