म
मेरो भाग्य
ज्योतिषीलाई देखाउदै
हातहरुमा खोजे
धामिहरुलाई देखाउदै
पातहरुमा खोजे
तर भाग्य भेटिएन।
फेरी भाग्य भेटिन्छ भनी
मन्दिरहरु रोजे
मठहरु रोजे
तर कतै किटिएन।
छुट्यो कि भाग्य
पछाडि तिर हेरे
छुटे कि म
अगाडि तिर हेरे
तर भाग्य देखिएन।
एक दिन माहाबाणी आयो
तिमी कर्म गर्दै जाउ
तिमी धर्म गर्दै जाउ
म खुशीले उफ्रिदै
मठहरुमा फुलहरु चढाए
न भन्दै एक दिन
भाग्यले जम्का भेटमा भन्यो
तिमी त सार्है भाग्यमानीरहेछौ
त्यसैले भगवान प्यारा भएछौ
तिम्रो पनि जाने बेला भयो
ल हिड अब अबेला भयो
धन्य!यो कस्तो भाग्य!
कै गर्दा पनि मेटिएन ।
मेरो भाग्य
ज्योतिषीलाई देखाउदै
हातहरुमा खोजे
धामिहरुलाई देखाउदै
पातहरुमा खोजे
तर भाग्य भेटिएन।
फेरी भाग्य भेटिन्छ भनी
मन्दिरहरु रोजे
मठहरु रोजे
तर कतै किटिएन।
छुट्यो कि भाग्य
पछाडि तिर हेरे
छुटे कि म
अगाडि तिर हेरे
तर भाग्य देखिएन।
एक दिन माहाबाणी आयो
तिमी कर्म गर्दै जाउ
तिमी धर्म गर्दै जाउ
म खुशीले उफ्रिदै
मठहरुमा फुलहरु चढाए
न भन्दै एक दिन
भाग्यले जम्का भेटमा भन्यो
तिमी त सार्है भाग्यमानीरहेछौ
त्यसैले भगवान प्यारा भएछौ
तिम्रो पनि जाने बेला भयो
ल हिड अब अबेला भयो
धन्य!यो कस्तो भाग्य!
कै गर्दा पनि मेटिएन ।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar