निर्दोस् तिमी सबै सामु झुकी बस्छौ  किन ?
दोषी मानी अँधेरीमा  लुकी बस्छौ किन ?
पीर बाट मुक्त बनि अगी बढ्न सिक 
आफै आफ्नै भाग्यलाई थुकी बस्छौ किन ?

बार नै लाउँछन् वैरी,नाघी हिड्नु पर्छ 
डर मानी मध्य पथ्मै रुकी बस्छौ किन ?

जल्नु पर्छ पापी पछुतोको अग्नि भित्र 
जान्यौ सत्य फेरी उही ढुकी बस्छौ किन ?

रोज्नु पर्छ सही बाटो नयाँ रंग भर्दै 
बिगत मै अल्झी मौका चुकी बस्छौ किन ?
सजना गुरुङ 
कुश्मा , पर्वत
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *