सांल दाजु
काठमाण्डुमा तिम्रो
डिग्री प्रमाणपत्रको 
कुनै कदर छैन 
बरु चाङ लगाउ शिरानीमा
र आफ्नै बस्तिको अभाब भित्र 
खोज नया अर्थशास्त्र्
तर सांलदाजु भो नछिर काठमाण्डु ।

 मान्छे हरु काठमाण्डु लाई
रोजगार दाता ठान्छ्न
अबसर दाता ठान्छ्न
जिबन दाता ठान्छ्न 
सर्बस्वा दाता ठान्छ्न ।

 सांल दाजु
काठमान्डु त्यो काठमाण्डु हो
जंहा जंगेले अरुको सपना कुल्चाएर्
आफ्नो सपना ठड्याएका थिए 
काठमाण्डु त्यो काठमाण्डुहो 
जंहा बिरबिक्रम हरु
कोईराला हरु
दाहाल र भटराई हरु
निर्दोश मानब रक्तपिएर 
जिन्दगी माथी दोश्रो
च्रम जिन्दगी जिइरहेछन ।

कसैको शिर कुल्चनु
कसैलाई छिर्के लगाएर लडाउनु
मार्नु र मर्नु
त्यातिबेलाको महाभारत
यतिबेलाको महाभारत नहो काठमाण्डु ।

 सांल दाजु
मत सांईली भाउजुको प्रतेक
जांगरिलो श्रमहरुमा
तिम्रो उज्वल जिन्दगीका
रंगमंगिदो प्रतिक हरु देख्छु ।

बरु सक्छौ भने 
तिम्रा ति प्रमाणपत्र हरुलाई
सांइली भाउजुको श्रमहरुमा
देउ सदाको लागी समर्पण्
र खोज आफ्नै बस्ती हरुमा
आडम र मार्सल भन्दा
दोब्बर सार्थक अर्थशास्त्र
तर सांल दाजु 
भुलेर पनि नछिर काठमाण्डु ।
 (लेख्दै गर्दा-मार्च ८ बिहीवार घर फर्कन बाटो लाग्नु भन्दा अगाडी ।
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *