(मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) बिचार १ - नहुने काम भयो ! बिचार २ - कस्तो काम ?कस्तो नहुने काम ? बिचार १ - नसोचेको काम ,हित बिपरीतको काम ,लापर्बाहीको , सत्य लिलामीको काम ! विचार ३ - पहिले सबैले यसो भन्छन तर पछि......! बिचार ४ - यसले हामीलाई तान्न खोजेको हो तर पछि के ? बिचार ३ - उही सोझालाई सिध्याउने काम ,जनतालाई झुक्याउने काम ,नेताले गर्ने जस्तो काम ! बिचार ५ - यो नेता जस्तो छ नि ! बिचार ६ - यो नेता होइन ब्यापारी हो । हेर त गाला ,ओहो सुट कस्तो महगो ह ! विचार ७ - हामी नेता होइनौ ,नेताको साथी पनि होइनौ । बिचार ५ - यो पहिलेको चाही नेता हो । तर पछिल्लो चाही हैन जस्तो छ । विचार ३ - साथी हो नझुक्क ! त्यो नहुने काम भयो भन्ने चाही शत प्रतिशत नेता हो ,म ठोकुवा दिन्छु । विचार ८ - हा हा हा ब्यापारी पनि नेता हुन्छ ! बिचार १ - हुन्छ,यहा जे पनि हुन्छ । डा नेता हुन्छ ,कर्मचारी नेता हुन्छ ,बिद्द्यार्थी नेता हुन्छ ,मजदुर नेता हुन्छ ,प्रदेश नेता हुन्छ ,हैन के नै बाकी छ र नेता बन्नलाई विचार ९ - फेरी अर्को झूट ,यो मान्छे अघिदेखि धेरै बोल्दैछ ! विचार १ - मलाइ त्यसो नभन्नोस म तपाईहरूको सेवक हु । म अरूको दुख देखि सहन्न । मलाई दंगा फसाद नसम्झनुस । बिचार १० - साथी हो इतिहास पताओं !कत्तिले हामीलाई कतिपल्ट धोका दिए । बिचार ११ - के इतिहासले हामीलाई धोका दियो त ? विचार १० - त्यसो होइन यार । यिनीहरूले नै इतिहासलाई धोका दिए । विचार १२ - त्यो कसरी नि ? विचार १० - यिनीहरूले हामीलाई नपुग्ने सपना बाडे । यिनीहरू आफूभने कुर्शीमा अल्झे । विचार १३ - महा गलत ,सत्य कुरा भन । विचार ९ - ल सुन्नुहोस म भन्छु यिनको कर्तुत । यिनले सपना बाडे ,श्रम बाडेनन् ,। राजनिती बाडे स्कूल कलेजमा । बर्तमान पुस्तालाई सुहाउदो शिक्षा बाडेनन्। विचार १५ - तपाईसित के प्रमाण छ ? विचार ९ - मैले भनि हाले नि ,गफ बाडे ,यिनीहरूले कमाएको अकुत सम्पती बाडेनन् बिचार १६ - त्यसै हिलो छ्याप्न पाइन्न ! बिचार १७ - यो मिली भगत जस्तो छ ,यी दुवै सरकार भित्रका हुन् की सरकार बाहिरका ? विचार ७ ,विचार १४ - (एकसाथ कड्कदै )हाम्रो मुखबाट ओकल्न बाध्य नपारीयोस!हामीले हाम्रो सिमा मिच्दा ,देशको नागरिकता हराउदा बोल्ने चेस्टा गरेका थिएनौ र ! विचार १ - गम्भीर हुनुहोस ! म यहाहरुको सेवामा हाजीर छु । विचार १६ ,विचार १५ - आरोप समाधान होइन ,हामीलाई हराएर त देखाओ । हामी भुइमा छैनौ । हेक्का रहोस । विचार १७ - हामीलाई संबिधान चाहियो बिचार ३ - हामीलाई शान्ती चाहियो बिचार ४ - हामीलाई बिजुली बत्ति चाहियो विचार १२ - हामीलाई प्रतिबद्दता चाहियो विचार ६ - हामीलाई नेपाली हौ भनेर गर्ब गर्ने ठाउ चाहियो विचार ८ - साथी हो ! हामीलाई चाहिने चिजको लिस्ट अहिले नै बनाओ विचार ९ - अ साच्ची हामीलाई हस्पिटल चाहियो विचार १८ - हस्पिटल मात्र होइन । हामीलाई डाक्टर पनि चाहियो विचार १० - हामीलाई हाम्रा छोराछोरीलाई पढ्ने समान शिक्षाको अवसर चाहियो विचार १ - पुरा हुन्छ मौका दिनुहोस मात्र । विचार १५ - विचार १६ -हामी अहिल्यै यहाहरुको नाममा घोषणा गर्न लगाउछौ ,ढुक्क हुनुहोस यही तपाईहरूको अन्तिम सहयोगी हो ,गरे हाम्रैले गर्छ । विचार ७ ,विचार १४ - एक पल्ट हामीलाई माथी पुरयानुहोस् । हामी नै सबै बाकी काम गर्छौ । हामी पुरा गर्छौ तपाईहरूको लक्ष्य ! विचार ५ - केहि सुनिएन ! विचार १२ - केहि सुनिएन ! विचार ३ - केहि सुनिएन ! विचार १० - केहि सुनिएन ! विचार १९ - साथी हो ढिलो भयो जाउ विचार २० - हो ,जाओ ,जाओ ,ढिलो भयो । (पर्दा खस्छ,सबै अध्यारोमा विलीन हुन्छन ) अस्तु : अबुधाबी ,यू ए ई ।
Please follow and like us: