– उषा गिरी
छातीभित्रको असैह्य पिडालाई
हासो र खुशीमा बदल्दै
बितेका बर्षहरु झै
बैसालु मनहरुमा
सुमधुर मुस्कान छर्दै
के तराई के पहाड
के स्वदेश के बिदेश

रातो साडी र हरियो पोतेमा
उल्लास,आनन्द र रोमान्चक
अनुभुती साट्न
भावयुक्त सुन्दर र गहन
गीतहरु सङ्गै
आएकाछौ तीज
तिमीलाई स्वागतछ
झुप्रा र महलहरुमा ।भत्केको अतित
द्वन्दको मारले पिल्सिएको हामी
अनिष्चित भबिष्य बोकेर
डायस्पोरिक भएकाछौ
शरणार्थिक,निर्बासित वा बिस्थापित
जे भने पनि हुन्छ भन,
तीजको रमाइलो आयो बरिलै
नगर है पुरुष हेला छोरी चेलीलाई ।जिन्दगीका बाटाहरुमा
समयको रेखाहरु सङ्गै
उज्यालोको रङ्ग खोज्दै
घायल मनहरु
बिभिन्न रङ्गहरु
हजारौ प्रश्न र पिडाहरु
मनभरी उन्दै
भौतारिएका हामी
जे भने पनि हुन्छ भन,
दु:ख भुली नाचौ नचाउ हासौ बरिलै
हस्तछेप नगर है छोरी चेलीलाई ।

हृदयका थुम्काहरुमा
धुकधुकिका तरङ्गहरुमा
बैसालु खित्काहरु सँगै
सुस्केरा गुन्जाउदै
जीबनका थप उर्जाहरु भर्दै
हिउद,बर्षा,झरी र बादल नभनि
रुप र यौबनले धपक्क बलेका
अबोध मनहरुलाई
जे भने पनि हुन्छ,
दम्भको उन्मादलाई फालौ बरिलै
हेला होचा नगर है छोरी चेलीलाई ।

चारपाने झापा
हाल:ब्रसेल्स, बेल्जियम
u-giri@hotmail.com

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *