– तीर्थ संगम राई
मेरो शीर माथिको सुन्यता
मेरो पैतला मुनिको भू-गर्भ
मैले टेकेको यो सुन्दर धर्ति

मानव सभ्यता सगै
जीवन उत्पतिका क्रमहरु
राम पिथेकसका सन्ताहरु
यो धर्ति भरी छरीएका अस्तीत्वहरु

मेरो लागि सोच्ने बिषय बनेको छ ।
अनुसन्धानको नौलो अध्याय भएको छ ।

म मस्तिष्कलाई कसरत गराई रहेकोछु
मेरो बुताले भ्याए सम्म
मेहनत खर्च गरी रहेको छु
के मैले पढेको ईतिहास साँचो थियो
के मैले पढेको बिज्ञानमा सत्य थियो
यदि थियो भने,
हामी एउटै पुर्खाको सन्तान हुनु पर्छ ।
हाम्रो शरीर एकै प्रकारका रक्त कोषहरुले
समान प्रकारका तन्तु बनेको हुनु पर्छ ।
हामी एउटै पुर्खाको सन्तान हौ भने,
हामी बिच यो जात धर्म र लिङ्गभेद
धनी गरिव को लक्ष्मण रेखा कस्ले खिच्यो
समान रक्त कोषीकाहरुले शरीर बनेको हो भने,
अगल-अलग मस्तिष्क र आकारहरु
भिन्न-भिन्नै वंशाणु गुणको संरचना कसरी भयो
खै ! मलाई त शंका नै लाग्छ महाशय,
हाम्रा पुर्खा एउटै थिएन
हाम्रो शरीरको रक्त कोषिकाहरु समान होइनन् ।

तपाईहरु सोच्नुहोस्
एउटै बथानमा रहेका पशुहरु
आपसमा झगडा गरेको पाईन्न ।
एउटै बर्ग समुहमा रहेको जीवहरु
कहिल्यै लडाई गरेको भेट्टाईन्न ।
तर अफसोच,
यो धर्तिको सबै भन्दा सुन्दर प्राणी
यो युगको सबै भन्दा विवेकशील प्राणी
आफुलाई सधै सभ्य र भव्य भन्न रुचाउने
मानवहरु……॥

रगतका छिटाहरुले पोतिएका तस्वीरहरु
क्यानभास भरी स्केच गरीएका छन ।
मावन कंकालहरुले भरीएका अस्थीरपाजर
यो धर्तिका छाति भरि पुरिएका छन् ।
तिम्रो त्यो सभ्यताका पर्खालहरु
तिम्रै आफन्तहरुको मांशपिण्ड र हाडहरुले
निमार्ण गरीएका छन भने,
म कसरी विश्वास गरुँ ?
के मैले सुनेको ईतिहास
मैले पढेको बिज्ञानमा सत्यता थियो ?
म आग्रह गर्न चाहान्छु
हे यो धर्तिका सुन्दर मावन,
हे यो युगका विवेकशील मानव,
तिम्रो सुन्दरतालाई म कसरी हेरुँ ?
तिम्रो विवेकतालाई म कसरी बुझुँ ?
तिम्रो सभ्यतालाई कसरी बर्णन गरुँ ?
मसँग त्यस्तो कुनै शब्दहरु छैनन्
जस्ले गर्दा म तिमीलाई मावन मानुँ ॥
तिम्रो अस्तीत्वलाई स्वीकार गरुँ ॥

… स्यामुना …
नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतार

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *