– सुमन मञ्जरी

नकुर्नु बाटो सानु, नआउने भएँ म त,
सपनी माझ तिम्रो, नछाउने भएँ म त !

रहर थिए तिम्रा, जीवनका खुशी उन्ने,
त्यो सबै पुरा गर्न, नपाउने भएँ म त !

चाहना तिमी सँग, अजम्बरी माँया लाऊ,
नहुँने भयो पुरा, नलाउने भएँ म त !

यात्रामा कती भेटे, साँचो माया खोज्न हिंड्ने,
रोकिँदा यात्रा बिचै, नधाउने भएँ म त !

नकुर्नु बाटो सानु, नआउने भएँ म त,
सपनी माझ तिम्रो, नछाउने भएँ म त !!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *