– हरि मानन्धर ‘विवश’

कहिल्यै नभेटिने
अ/खण्डिकृत जिन्दगीका पछ्याईहरू
निमिमेष दियो बालेर
कठाङ्ग्रिएका चुस्त रातहरूमा
अ/वास्तविक जीवनका
अ/परिस्कृत भोगाईहरू
मेरा भविष्यका पर्खाईहरूमा
अ/प्राकृतिक ध्वनिहरू सुनेर
अगाडि बढ्दैछन् पाइलाहरू ।

कहिल्यै नसकिने
अ/नियन्त्रित यात्राहरूमा
मेरा अन्तर्हृदयका पलेटीहरूबाट
अ/सामान्यजस्यताका धुमील पानाहरूमा
अ/कल्पनीय दृष्टिहरूले
खोजिरहेछन् जीवनहरू ।

म दियालो
अन्धकार हटाएर
सून्यता भित्रै
खोज्दैछु जीवनका दर्शनहरू
कतै गण्डकीका तीरहरूमा
कलाकृत शीलाहरू
अनि शीलाहरूकै बीचमा
म आफ्नो भाग्यशीला खोज्दैछु ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *