– शैलेन्द्र साकार

यात्रा सायद एउटा नशा हो
स्कचको नशाभन्दा
अनुभवको क्षेत्रभन्दा उम्दा नशा
त्यही नशा ब्रुमफिल्डमा
सम्पूर्ण नेपालीहरुसँग साटासाट गर्छु
जहाँ कालो चट्टानमाथि थपक्क बसेको सेतो चन्द्रमा
नेपालि कन्या भएर
मलाई रातभर छल गरिरहन्छे।

‘राजकीय खोँच’
आफ्नो श्रीपेच हुस्सुबाहिर निकालेर
पर्वतमा उफ्रिएका घोरलहरुलाई
अभयदान दिइरहेछ
म यी सबैलाई चिन्छु
यो ढुन्गा, यो वनस्पति
पहाडमुन्तिरको भिरालोमा
लचक्क बसेको रुखको पात
बाटो देखाउँदै अघि बढेको हिउँ
युधिष्ठिर हिँडेको उत्तरापन्थ
सबैलाई म राम्ररी चिन्छु।

पचास वर्ष लामो सडक
आश्चर्यले तन्किरहेछ
आधा शताब्दी पार गरेर
आएको हिमालको मानिस
आफूमाथि निर्धक्क टेकिरहेछ
दिनभर डेनभरमा सडकहरु
यसरी नै आश्चर्यमा खुम्चिरहेछन् ।


Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *