– रीता राई
न्यानो मात्रिभुमि छोडी
परदेशीनु पर्दा
आफ्नो भएभरको सम्पती
सौतेनी आमाको छोरीलाई
दाईजो दिएर
कान्छो बाउको घरमा
हली बस्न आए जस्तो लाग्छ।
प्राक्रितीक रुपमै धनी
हामी नेपालीलाई हेर्दा
थाङ्नेको घरको करेशामा गई
मात्र पेट भर्नको लागि
एक टुक्रा रोटीको खोजिमा
आफ्नो नाक जोते जस्तो लाग्छ।
नेपाली अर्थतन्त्रलाई
नियालेर हेर्दा
सस्तो श्रमिक उत्पादन गर्ने मेशिन
र निम्न गुणस्तरको बिदेशी सामान
सुनको भाऊमा
बेच्ने अड्डा भए जस्तो लाग्छ।
नेपाली नेताहरुको
ताल मेल देख्दा
वीर शहीदहरुको
अमुल्य बलिदानलाई
गुन्द्रुकको भाऊमा
बेची रहेको जस्तो लाग्छ।
अन्तरिक मामलामा
बिदेशी हस्तछेप हुँदा
दिन दिनै नेपाली सिमाना
मिचिएको देख्दा
जन्मदिने जननीको
बलत्कार भए जस्तो लाग्छ।
आफ्नी आमाको
बलात्कृत बिभत्स रुप देख्दा
आज नेपालीहरु
रंगमन्चको मन्त्रमुग्न दर्शक
जस्तै भएर हातबाधी
हेरी रहे जस्तो लाग्छ।
बिरता र स्वभिमानी
हाम्रो पुर्खाहरुको गाथा
वीर गोर्खाली भनेर चिनिने
नेपालीको यो नारालाई
हाम्रो मौनाताले
चुनौती दिए जस्तो लाग्छ।
(हाल इजरायाल )
Please follow and like us: