– सचित राई


डा. भट्टराई भन्छन् तपाइँहरु
कवि मुकारुङ भन्छन् हामीहरु
आमने-सामनेमा
तपाइँहरु हामीहरु
तपाइँ हुनुको बोध
हामी हुनुको बोध
म भएर सोच्दै छु

सोमदत्तलाई सुम्निमा मनपर्नु
सरस्वतीलाई हेच्छाकुप्पा मनपर्नु
अनि बलात्कृत भइसकेको उद्धृतांश
डा. भट्टचनबाट
पटक-पटक सापटी लिँदै छु
ल्याप्चे थिच्दै-थिच्दै
जिन्दगीको तमसुकमा

म हुनुको पहिचानमा
घरिघरि जातले बाँध्ने गर्छ
घरिघरि संस्कृतिले बाँध्ने गर्छ
घरिघरि धर्मले बाँध्ने गर्छ
घरिघरि भाषाले बाँध्ने गर्छ
फुत्कन खोज्छु बाँधिहाल्छ
बाँधिहाल्छ जीवनका रंगहरुले
जिन्दगीकै तमसुकहरुमा

तमसुक
डा. भट्टराईका शब्दमा तपाइँहरुलाई दिएको छु
कवि मुकारुङका शब्दमा हामीले दिएका छौं
बायाँ छेउमा हाम्रै ल्याप्चे छ
सोच्दै छु तपाइँहरु किन भयौँ
अनि किन भयौं हामी
किन मिसियौं रंगहरुमा

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *