सद्भावको फूल माला, चढाएर आओस् दसैँ
आपसमा माया प्रीति,बढाएर आओस् दसैँ
घर बारी साहुलाई छोडी,चाड बाड मान्नु पर्ने विकृतिलाई चोरऔँला,ठड्याएर आओस् दसैँ देश हाम्रो नेपाल हो,नेपाली नै सबको जात ठूलो सानो विभेदलाई,सडाएर आओस् दसैँ हत्या,हिंसा,बलत्कार, जाल,झेल,लूट,चोरी अन्याय र अत्याचार, डढाएर आओस् दसैँ कति हेर्नु सधैँ भरी ,कुर्सि ताना तान मात्रै सबैलाई नैतिकशिक्षा,पढाएर आओस् दसैँ (२) परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं अर्चना र पूजा आजा टिका टाला भन्दै सजाएका सपना हरु तुहाएर गयो दशैं जसरि नि रीति रिवाज चाड मान्नु पर्दा नहुनेलाई ऋणैऋणमा डुवाएर गयो दशैं जमे होलान जुवा ताश खाल कति कति हुनेहरुलाई मीठैमीठो खुवाएर गयो दशैं दाजुभाइ सङ्गाती र आफन्तलाई भेट्न सङ्गालेका इक्षा सबै कुहाएर गयो दशैं Copy right @ कोमल भट्ट,काठमाडौँ l हाल :- न्युयोर्क ,अमेरिका l
Please follow and like us: