विश्व नेपाली साहित्य महासंघ इजरायल शाखासम्वद्ध अध्यक्षज्यु लगायत सम्पूर्ण सदस्य मित्रहरु,

हार्दिक साहित्यिक अभिवादन !
नेपाली  डायसपोरेली  जीवनका विविध भोगाईहरूसंगै आआफ्ना व्यस्तताका वावजुद तपाईंहरुले त्यहा हाम्रो संस्थाको अस्तित्वलाइ जीवन्त बनाउन  जुन सक्रिय भूमिका खेल्दै आउनु भएको छ – त्यसको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु । पछिल्लो समयमा त्यहाका सर्जकहरुले आफ्नो सुन्दर कृतिहरु प्रकाशन गरेर नेपाली साहित्यको  परिवर्द्दन गर्दै आउनु भएको छ , त्यसको साथसाथै त्यहाँ हुने गरेका नियमित साहित्यिक कार्यक्रमहरुले त्यहा विद्धमान अन्य नेपाली साहित्यिक संघ-संस्थाहरुसंगको अन्तरंग सहकारिता अरु फराकिलो  हुँदै गैरहेको महशस गरेका छौं । आगामी दिनहरुमा इजरायल शाखाका गतिविधिहरु विनेसामका अन्य शाखाहरुकोलागी प्रेरणादायक  हुनेछ । संस्थागत सुद्दृढिकरणकालागि भएका अन्तरिक परिवर्तन र त्रैमासिक प्रगति विवरणबारे केन्द्रलाई जानकारी दिनु भएकोमा धन्यवाद दिदै सचिवको पदपूर्ति गर्दै कार्यभार सम्हाल्नु हुने शान्ति पाख्रिनज्यु  लगायत संस्थामा प्रवेश गर्नुभएका नया साहित्यनुरागी साथीहरुलाई सहर्ष स्वागत गर्दै वहाहरुको कार्यकाल सफल रहोस भन्ने शुभकामना पनि दिन चाहन्छु ।
डा. मधु माधुर्य
अध्यक्ष, विश्व नेपाली साहित्य महासंघ
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *