दिदीबहिनी सम्झिएर,रुँदैरुँदै गयो तिहार

अविरल आँशु धारा, धुँदैधुँदै गयो तिहार

विगतका मीठा क्षणले,घचघच्याए सधैं

विरहले भित्री मन, छुँदैछुँदै गयो तिहार

आँखा भरी द्यौसी, भैलो,मारुनी र नाच

बिछोडले ज्यादै दु:खी,हुँदैहुँदै गयो तिहार

हृदयमा छचल्केका,  उकुस मुकुस पीडा

गुम्सिएका पोकाहरु,फुँदैफुँदै गयो तिहार

यो पटकलाई यस्तैभयो,फेरी आउँला भन्दै

वर्षदिनको बाटोसमाइ,उँधैउँधै  गयो तिहार

 

कोमल भट्ट,पुरानो नैकाप (काठमाडौँ)

हाल :-रोचेस्टर,न्युयोर्क (अमेरिका)

16 November,2012

 

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *