राजेन्द्र शर्मा

बन्द छ शहर आज

त्यसैले
मनोरम शहरका आँखीझ्यालहरुबाट
चियाइरहेका ती निश्छल मस्तिष्कहरु

विष्फोटनको कुनै अबोध ईच्छा बोकेर
सलबलाइ रहेका पाइलाहरुमा
ब्यङ्ग्य पस्कि रहेछन् ।

कति सुन्दर छन् यी
कहाली लाग्दा दृष्यहरु ?
मानव रहित स्मशान झैँ शहरका गल्लीहरु ।

बन्द छ शहर आज

त्यसैले
सडकमा पोखिएका दूध र गोलभेडाहरु
केवल प्रतीक हुन् भन्छन् ती अवोध आँखाहरु

कुनै महाप्रलयको पूर्वाभाष झैँ
शून्यबाट सुरु भएर फेरि शून्यतिर
दौडिरहेका छन् पाइलाहरु ।

बन्द छ शहर आज ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *