– हरि मानन्धर ‘विवश’
एकाविहानै पल्लो गाउँकि मन्थली दडेर आ । स्वास फुलाउँदै भन्दै थिसुवास सर….! सुवास सर……!! अड्किन्छे ।
म भर्खरै उठेर आफ्नै टेवलका चित्रहरूमा थोरै रङ्गहरू भर्दैथिए ।
किनकी आज स्कूलमा विद्यार्थीहरूलाई सामाजिक शिक्षामा कला
सम्बन्धी चित्रकलाको बारेमा पढाउनु थियो । हत्तपत्त उसलाई अर्को कुर्चीमा राखेँ र शान्त पार्दै भन्न थालेँ – भन न भन मन्थली नआत्तिएर । के भएको छ र, यत्तिका आत्तिने ?
यति के भनेको थिए, मन्थली रून थाली र वाक्य फुटाउनै छाडी ।
मसँग चिसो पानी थियो बोत्तलमा, गिलासमा भरेर पिउन दिए । अनि उनिलाइ सान्त्वना दिन थाले । तर मेरो मन पनि कता कता डराइरहेको थियो । नत्र त यसरी विहानै आत्तिदै म कहाँ आउने मान्छे त होइन !
होइन मन्थली किन यति विहानै हस्याङ् फस्याङ् गर्दै आएकि? के भयो भन न । तिमीले मलाई कुरा भन्यौ भने न थाहा हुन्छ ! फेरि म कुरा बुझ्न तिर लागे ।
मेरो बाबा……….. मेरो बाबा ……….. यत्तिकैमा फेरि रोकिन्छे ।
म पनि अलि हच्किएँ, हैन के भन्दै छ यो ? बाबालाई केहि भएछ कि क्या हो । अचानक यस्तो हतासिँदै आउने केटी त होइन ।
म मेरी आमालाई बोलाएँ । अनि मन्थलीलाई जिम्मा लगाएर हतार हतार मन्थलीको घरतिर हान्निएँ ।
गाउँघरको बाटो, बर्षाको पानीले चिम्लो बनाएकाले पनि मलाई अलि दौडन कठिनाई बनायो । करीव आधा घण्टाको बाटो थियो, बल्ल बल्ल घर नजिक पुगे, जहाँ थुप्रै जमातहरू आँखा ठाडो पार्दै उतै हेरिरहेका थिए ।
मन्थलीको घरमा पुगेर यसो के उभिएको थिए, मेरो समेत होश हवासै उड्यो । सबै परिवार चिच्याई चिच्याई रोइरहेका थिए । म हतार हतार घरमै पुगे, थुप्रै चर्तिकला हेरेर बसिरहेका भीडहरूलाई पन्छाउँदै ।
आमा! आमा !!के भएको ? म मन्थलीको आमालाई सानै देखि आमा भनेरै बोलाउँथे र बाबालाई बुवा ।
आमा एकैचोटी मलाई समातेर झन डाँको छाडेर रून थाल्नुभो ।
मैले धैर्य हुँदै सोच्न थाले । के भएको यो? कस्ले गर्यो यस्तो? कतिखेरदेखि यस्तो हालतमा हुनुहुन्छ बुवा? यस्तै थुप्रै प्रश्नहरू मनभरि आए तर झटपट सोधिहाल्ने हिम्मत भने गरिन मैले ।
म घरमै गई मन्थलीका आमा र भाईहरूलाई सम्झाउन थालेको देखे पछि मात्रै मन्थलीका छिमेकी महेश सर, जस्ले मन्थली पढ्ने स्कुलमै पढाउनु हुन्थ्यो, पनि आउनु भयो ।
यतिका बेरसम्म सबै छिमेकीहरू तमाशा हेरिरहेको कारण थाहा भएन तर मलाइ यस्ता रमिते छिमेकीहरू देखेर घृणा जागेर आयो ।
एक्कासी रीसले चिच्याउँदै भने के हो महेश सर? आफ्नै छिमेक त आफ्नै घर पो त ! यतिका बेलासम्म रमिते बनेर बस्ने हजुर जस्तो शिक्षित मान्छे पनि ? ल अरू त गाउँले डराए, बुझेनन् र मद्दत गर्न आएनन् तर तपाई जस्तो मान्छे यसरी अन्जान बनेर यस्तो दुर्दशामा रमिते बनेर बसिरहने?
होइन सुवास सर, त्यस्तो होइन । विस्तारै जवाफ दिए महेश सरले । हामी पनि बाध्यतामा बाँधिएका थियौ र छौ पनि । तर अहिले मलाई मेरो नैतिकता, जिम्मेवारीले सताईरह्यो र ज्यानकै बाजी लगाउन परे पनि परोस भनेर होमिएको । ल हेर्नुस यो पर्चा ।
महेश सरले पर्चा थमाईदिए ।
म पर्चा हेर्नु भन्दा पहिले मन्थलीका बाबालाई उपचारार्थ अस्पताल लैजान आवस्यक भएकाले सहयोग माग्न थाले, जो घटना पश्चात बेहोस अवस्थामा मृत जस्तै रक्ताम्मे आहालमा लडिरहनु भएको थियो ।
एकदुई जना गाउँका भलादमी भनाउँदाहरूलाई बोलाएर अवस्थाको बारेमा बुँझे । केहि साँगठानिक समूहका जँगलीहरू आएर विहानै करीव ४ बजेतिरबाटै बहश गर्दै थिए रे । अनि अन्तिममा उनिहरूले नै मन्थलीका बाबाको खुट्टा काटिदिएछन् । टाउकोमा कैयौ प्रहार गरेछन् । शरीर थिला थिला पारिदिएछन् । विचरा ! एक्लै बुढा मान्छे ! आईमाई केटाकेटी भएका घरमा सहयता गर्ने आउनेलाई समेत ज्यान मार्ने धम्की दिएका थिए ।
म अझै चिन्तित बन्दै गईरहेँ । जे भए पनि हामी मानवीय सँरचनामा उभिएका मानिसहरूले, मानिसहरूको रक्षार्थ बलिदान दिन सिक्नुपर्छ भन्ने निर्णय गरे । अनि महेश सरलाई पनि भने । केहि बेरमा गाउँका सहासिला ४/५ जनाको रोहवरमा अवस्थाको मुचुल्का उठाएर अस्पताल लैजाने निर्णय भयो र त्यसै अनुसार केहि बलियाहरूलाई साथ लिएर अस्पताल पुर्याइयो ।
बल्ल केहि हल्का महशुस भयो मनलाई ।
यसो हातमै भएको पर्चा पुनः खोलेर पढ्न मन लाग्यो । अनि खोलेर पढ्दै दिए केहि हरफहरूमा मन अडियो । जसमा लेखिएको थियो – “गाउँले परिवेशमा हामीले भनेको नमानेर छोरीलाई पुरानो शिक्षा पढाउने मन्थलीका बाबालाई यो भौतिक कारवाही गरिएको !” फेरि मन धमिलो भयो । एक्काइसौ शताब्दीमा शिक्षाको यत्रो अपमान ! खै कहाँ छ त नयाँ शिक्षा? तिनीहरूको भाषणमा भएका नयाँ शिक्षा कहाँ लगेर पढाउने त? के जंगल पसेर बन्दुकका ट्रेगरमा औंला राख्दैमा कलम समात्ने औंलाहरूले नयाँ शिक्षा पाउने हुन् त? कि अठारौं शताव्दीका परिवर्तनशील विचारधारा नै आधुनकि शिक्षा हुन्? यस्तै अनेकौ प्रश्नहरू मनमा आउँदै जाँदै गर्न थाले । तर मन्थलीको बाबालाई गरिएको सांघातिक हमलाबाट उहाँको ज्यान बचाउन सकिने अवस्था गम्भीर भएकाले चिन्तित बन्दै गएको थिए ।
एक दिन, दुई दिन, गर्दै हप्ता दिन वित्यो । सातौं दिन एक्कासी समाचार आयो कि मन्थलीको बाबाको देहान्त भएछ । मन धमिलो भयो । अशान्तिले छट्पटाउँदै गएँ । यस्तो खबरले मन्थलीको मानिसकतामा कस्तो असर पुर्याउने हो? विचरी भर्खरै अभिभावकत्वको आड र भरोसामा आफ्नो जीवनको सार्थकता बुझ्दै छे ।परिवारको हालत कस्तो हुने हो?म चिन्तित हुँदै गएँ । किनकी उहाँ मात्रै एउटा कमाई गर्ने व्यक्ति । अब कसरी पारिवारिक खर्चपानी जुट्ने हो ? सोच्दा सोच्दै मन भरिएर आयो । सँसार देखेर दिक्क लाग्न थाल्यो ।
किन हो खै आज स्कूल जान मन नै लागेन । विहानैदेखिको पिडाले हृदय टुक्रिएको थियो । अनेक तर्कनाहरूले मन भरिएको थियो । समस्याहरू मात्रै आँखा अगाडि उभिरहन्थे । समाधान कुनैको पनि थिएन । अगाडि केहि गरूँला भन्ने सपनाहरू चकनाचुर बन्दै गईरहेका थिए । जीवनको अर्थ बदलिएको अनुभव गरेँ । केहि गर्ने हिम्मत नै भएन र अन्तमा एउटा निर्णय गरे र खाली कागजमा लेख्न बसे, सरकारी जागिर शिक्षक पेशाबाट सदाको लागि राजीनामा ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *