-गीता थापा
म तिम्रो अनुहारमा झल्केको त्यो
कुरुप्ताको कुरा गरि राखेकी छुइन चाँदनी
अचेल अनुहारको कुरुप्ता
त छोप्न सकिन्छ
लिपिष्टिक क्रिम पाउडर र
पलाष्टिक सर्जरीले
तर अन्तस्करणको
त्यो कुरुप्तालाई छोप्न
सक्ने कुनै लिपिष्टिक क्रिम पाउडर
आज सम्म बनेको छैन
सबै भन्दा महत्त्वपूर्ण चिज
आज सम्म किन बनेन
भनेर म चिन्तित छु?
हो चिन्तित छु चाँदनी
अनुहारको कुरुप्ताले त के गर्थ्यो र?
न त्यो फैलिन सक्छ न
कसैको कुभलो चिताउछ त्यसले
सबै भन्दा डरलाग्दो र
विषालु त अन्तस्करणको कुरुप्ता हुन्छ
जुन हिजो आज डढेलो फैलिएझैं
यो सिंगो संसारलाई निलुला झैं
गरेर फैलिरहेको छ
हो अन्तस्करणको कुरुप्ताको
कुरा गरिराखेकी छु
म तिमीसित चाँदनी
त्यसलाई छोप्ने केही उपाय
तिमीले जानेकी भए
बताउछेऊकी भन्ने सोचेर
यदि अन्तस्करणको कुरुप्तालाई
छोप्ने कुनै लिपिष्टिक क्रिम
पाउडर र पलाष्टिक सर्जरी भए म
अनुहारको कुरुप्ता छोप्नु भन्दा
पहिला अन्तस्करणको
कुरुप्तालाई छोप्थें
र यो संसारलाई बिग्रिनबाट वचाउँथें
हो चाँदनी यो संसारलाई
बिग्रिन बाट वचाउँथें
अफसोस यसलाई
वचाउने कुनै औषधी छैन कुन उपाय छैन
यो संसार आँखा अगाडि
गल्किरहेको छ म विवश छु टुलु टुलु हेर्न
Savar: Face Book