-बिनोद खड्का


पैसा
अभाव जन्मायो ।
जसकै पछि लाग्ने
दास बनायो ।niyatra
जसकै पनि खाने
खन्चुवा बनायो ।
श्रृणै श्रृणको बोझ
उठी बास लगायो ।
सही बोल्नै नसक्ने
झुठा बनायो ।
लाज पचेको
निर्लज्ज बनायो ।
अनुहारले मात्रै
मनुवा बनायो ।
यता पनि उता पनि
हरुवा बनायो ।
जता गयो हेय
दिक्क लगायो ।


पैसा
काम गर्न गाहे
जोगी बनायो ।
कामै नलाग्ने
रोगी बनायो ।
देख्नै नहुँने
भोगी बनायो ।
झनक्कै रीस
बागी बनायो ।
बनाएको पनि भत्कायो ।


पैसा
पैसै पैसाको थुप्रो
धनी बनायो ।
कसैलाई नगन्ने
अहंकार चढायो ।
कहिले पुरा नहुँने
लालसा बढायो ।
आफ्नै नजरमा भ्रान्ती
भ्रमको जालो फैलायो ।
नाम भन्दा पनि
काम गन्हायो ।
काम भन्दा पनि
नाम गन्हायो ।
चन्दादाता भयो
सबै दूर्गुण मेटायो ।
सबैका नजरमा
वाह वाह बनायो ।


पैसा
आफैले नसोचेको
मती भ्रष्ट बनायो ।
अरु सबै तुच्छ
आफै ठूलो बनायो ।
हजारपतीबाट लखपतीे
लखपतीबाट करोडपती
झन झन पती बनायो ।
मीत्रहरु कम
शत्रु ज्यादा बनायो ।
आफन्त कम
ईष्र्यालु जन्मायो ।
सबैका नजरमा
वाह वाह बनायो ।


पैसा
भावनारहीत भए पनि
कवी बनायो ।
लेख्नै नजाने पनि
लेखक बनायो ।
बोल्नै नजाने पनि
नेता बनायो ।
लुटको धन
दानी बनायो ।
दूृई कुरा के बोल्यो
ज्ञानी बनायो ।
पलेटी कस्यो
ध्यानी बनायो ।
रातभरीको दूर्गन्ध
मूख नै गन्हायो ।
आखिर सबै
पैसै त रहेछ
सबैका नजरमा
वाह वाह बनायो ।


पैसा
खेल्नै नजाने पनि
खेलाडी बनायो ।
जीत्नु त हो जसरी
झेलाडी बनायो ।
सबैका नजरमा
वाह वाह बनायो ।
सुर न ताल
गायक बनायो ।
कलम न कापी
गीतकार बनायो ।
ढंग न चाल
मोडल बतायोे ।
कला के हो थाहै छैन
कलाकार बनायो ।
पौरख न सौरख
नायक बनायो ।
यता मक्र्यो उता मक्र्यो
डान्सर बनायो ।
सबैका नजरमा
वाह वाह बनायो ।


पैसा
सेवा नै मेवा
समाजसेवी बनायो ।
दिएको त केही होईन आफ्नो
दयालु बनायो ।
अर्काकै थियो
केही बाढ्यो
समाजसेवीको दर्जा
क्वापल्याक्क पार्यो ।
सबैका नजरमा
वाह वाह बनायो ।


पैसा
लुगलुग काम्ने लुते
डन बनायो ।
यतै लुट्दै उतै लुट्दै
महाजन बनायो ।
हप्ता असुल्दै
टोलभर गन्हायो ।
सबैका नजरमा
वाह वाह बनायो ।


पैसा
राजनितीको “र” नजाने पनि
नेता बनायो ।
जतिसुकै गन्हाए पनि
मन्त्री बनायो ।
राष्ट्र्को ढुकुटी
आफ्नौ भण्डारमा खनायो ।
सबैका नजरमा
वाह वाह बनायो ।

१०
पैसा
परिचय नै नभए पनि
निम्तै निम्तोको खात चढायो ।
यतै बोलायो
उतै बोलायो
यसले बोलायो
उसले बोलायो
काँधमै नअट्ने
खादा भिरायो ।
चन्दादाता
बिल्ला चढायोे ।
सबैका नजरमा
वाह वाह बनायो ।

११
पैसा
दुब्लै भए पनि
पहलमान बनायो ।
एक्लै भएपनि
हुलका हुल बनायो ।
सबैका नजरमा
वाह वाह बनायो ।
पैसा
नीच बनायो
भ्रष्टाचारी कहलायो ।
अत्याचारीको बिल्ला भिरायो
अन्यायी बनायो
दूराचारी बनायो
मानब तस्कर
माफिया
समग्रमा अपराधी बनायो ।
पैसाकै पछि भाग्ने
उसकै दास बनायो ।
एक बारको जीन्दगीमा
पुस्तौ नमेटिने दाग
अपराधी बनायो ।
अरुका आँशु पिउने
विवेकहिन बनायो ।
अरुका खुकुरी
दाप बनायो ।
घृणा
पाप
सबैका नजरमा
छि छि गन्हायो ।

 

दोहा, कतार

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *