असोज, ६ । मदन पुरस्कार गुठिले बिगत ५७ बर्ष देखि नेपालि साहित्यमा प्रदान गर्दै आएको ‘मदन पुरस्कार’ बर्ष २०६९ को लागि राजन मुकारुङको सामाजीक उपन्यास ‘दामिनी भीर’ ले पाएको छ । उनले मदन पुरस्कार जितेको यो पहिलो अबसर हो । गुठिले शनिबार आयोजित एक कार्यक्रममा पुरस्कारको घोषणा गरेको छ ।
मुकारुङ को जन्म बि.सं २०३० भोजपुर जिल्ला मा भएको थियो । लामो समय देखि उहाँ नेपालि साहित्यमा लागि रहनु भएको छ । ‘दमिनि भिर’ लामो संक्रमणकालिन चरणमा  नेपालीहरुको हालत, मनोबिज्ञान र समाजको चित्रण गरिएको सामाजिक उपन्यास हो । पुरस्कारको घोषणा पछि ऊनले भने — ‘साँच्चै हो भने मेरो पात्र आज पुस्कृत भएछ । म पुरस्कृत भएँ भन्दा पनि पुस्तकका जिबन्त पात्रले पुरस्कार पाएको हो ।’
यस अघि ऊनको कृति ‘सेतो आरोहण’, ‘प्रारम्भ प्रक्षेपण’, ‘जिकिर को गद्दि’ र ‘मिथक माया’ कबिता सँग्रहहरु प्रकाशन भईसकेको छ । ‘हेत्छाकुप्पा’ ऊनको पहिलो ऊपन्यास हो ।

गत बर्ष अमर न्यौपाने को सामाजिक ऊपन्यास ‘सेतो धरति’ पुस्तकले यो पुरस्कार पाएको थियो । ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्र (विधा) ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थ र ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ नामक विज्ञानसम्बन्धी कृतिको लागि पहिलोपटक २०१३ सालमा सत्यमोहन जोशि, चित्तरन्ञन नेपालि, बलराम जोशिलाई मदन पुरस्कार दिईएको थियो । रानि जगदम्बाले स्व. मदन शमसेर राणा को स्मृतिको लागि सेप्टेम्बर २६, १९५५ मा यो पुरस्कारको स्थापाना गरेकि थिईन ।  सन् १९७४ र सन् १९७७ बाहेक हरेक बर्ष यो पुरस्कार आयोजना हुदै आईरहेको छ । स्थापना बर्षमा  ने रु. ४००० पुरस्कार राशि बाट सुरु भएको यो पुरस्कार सन् २००५ बाट  ने रु. २००००० राशि गरिएको छ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *