भक्ति प्रसाद पौडेल

सवको उही गुनासो सवको उही कहानी
महँगो हरेक वस्तु सस्तो छ जिन्दगानी

त्यो बैँसको वसन्ती फुलमा बसेछ यो दिल
सम्झेर रात बित्छन् भिज्छन् सधैँ सिरानी

पैले नदी बहन्थ्यो प्यासो बगर छ ऐले
हो यामकै करामत माग्दैछ हेर पानी

खै, सार जिन्दगीको नौनीसरी निकाल्थेँ !
ठेकी र नेती छैनन् भेटिन्न त्यो मदानी

हावासरी डुलिन्थ्यो चङ्गा भई उडिन्थ्यो
गार्हस्थ्य-बोझ बोक्दा फिस्सै गयो जवानी

साभार :-छन्दबहरमा गजलहरू बाट

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *