1.
अमर होइन हाम्रो जीवन
नसोच घाम र जून झैं
ढलनै पर्छ एकदिन सबैले
सुकेको रुख ढले झैं
डुब्दै छ जिबन यो दुखःको सागर मा
के नै पो अब होला र खै
तै पनि छोड्दैन लोभ ले कसैलाई
लगेर पो के जान्छन कोही !!
2.

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त 55 डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *