आकाशको जूनले गर्दा सम्झिए फेरी तिमीलाई
बासुरिको धुनले गर्दा सम्झिए फेरी तिमीलाई
बगरमा गएको थिए मोतीहरु बटुल्न
किनाराको सुनले गर्दा सम्झिए फेरी तिमीलाई
तिम्रो याद यो मुटुको नसा भित्र बाट बक्छ।
त्यो नसाको खुनले गर्दा सम्झीए फेरी तिमीलाई ।
पुस माघको महीना छ चारै तिर जाडो निक्कै
सुईटरको ऊनले गर्दा सम्झीए फेरी तिमीलाई ।
Please follow and like us: