हिजोआज
यो शहर
यी मान्छेहरु
उस्तै, उस्तै लाग्दैछन्
कंक्रिटको जंगलभित्र
कंक्रिटजस्तै मन बोकेकाहरु
भयंकर अहंकार बोकेर
आफैंभित्र
खुशी निर्बाह गर्दै
व्यस्त शहरजस्तै
जटिल सोचहरु
देशान्तर बद्लिएर के हुन्छ ?
मान्छेभित्रका बिचलनहरु
आफैंभित्र भयङ्कर
अहंकारको जरो
हाँगा, पातहरु
सबै, सबै
जे बोकेर हिंडेपनि
नछोड्नु उसले
आफ्नो माटो नै छोडेर हिडेंपछि
हिजोआज
यो शहर
यी मान्छेहरु
सबै, सबै
सपनाका सौदागरहरु
‘पौण्ड बल’ भन्दै साप्तहिक हाट बजारमा
खादाका ब्यापार गर्छन्
यो शहरमा
मान्छेको बसाई फेरिन्छ
लवाई फेरिन्छ
सबै, सबै फेरिन्छ
जहीं गएपनि
तर,
त्यो खादाको तौलजति पनि
मान्छेको सोचको बजनभने
किन नबढेको होला?

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *