हाए !! विश्वकप, हाए नेपाली !!
भकुन्डेलाई मन्परौदैमा
त्यो राष्ट्रको नाम जोडीन पुग्छ
अनित हामी आँफै उत्पिडितहरुमा
एउटा कृतिम अहम्ता फुट्छ
जहाँ अनगिन्ती अभद्र शब्द चोइटीन्छ
-सडकभरी
-फेशबूकको भित्ता भरी
अनित कसैले एक वचन तीतो भन्दा
हामी आफ्नो गलामा पासो थाप्न निर्धक्क हुन्छौ ।
हाए !! विश्वकप, हाए नेपाली !!
तिम्रो समर्थनको त्यो कोठाभित्रको बिशाल अावाज
त्यो समर्थित तिम्रो खेलाडी वा देश्ले सुनेको देखेको भए
म साँच्चै मेरै मुन्तिरको इँजार थुतेर
म पनि झुन्डिदिन्थे र भन्दिन्थे हुँला
यी मु… ….तेरो विश्वकप !!!
Please follow and like us: