म तीजलाई नमान्ने भन्दिन
तीजको नाम मा तिलहरी किन्दिन
समाजमा बिकृती लिदिन
महिना दिन देखि दर खादिन
ढाडसको लागि साडी किन्दिन
छिमेकी साथी बियोगमा रुदै छ
म तीजे गीत गाएर नाच्दिन
पल्लो घरे आमा भोकै छिन
म मिठो परिकार बनाएर दर खादिन
बरु सके सबै पैसा दुखिहरुको लागि दिन्छु
भोकाएका हरुको पेट भरी दिन्छु
नाङ्गा हरुको शशिर ढाक्छु
हो; म पतिको आस्थाका लागि व्रत बस्छु
उहाको धिर्धायुको लागि होइन
किन कि एक दिनको ब्रतले
के आयु लम्बिन्छ त?
होइन म त एक दिन होइन
हरेक क्षण उहाको कामना गर्दछु
अनि
म इद मा नमाज नपढनु भन्ने पनि छैन
म त सबै धर्म जातिलाइ समान मान्छु
क्रीसमासमा निम्तो मानु पनि जान्छु
शुभकामना आदानप्रदान गर्छु
हिन्दुहरुको दशैमा मपनी सामेल हुन्छु
टीका पनि अनि आशीर्वाद थाप्छु
तिहारमा सेल पकाउछु
म पनि माइती सग रमाइलो गर्छु
देउसी भैलेनी खेल्दै हिड्छु
किन कि म अनेकतामा एकता कोइच हु
सबै जाती धर्मलाइ माया गर्छु
तर
म बिर्सिदिन मेरो मुल चाड श्यादर
लहरे सगुन अनि छेगु पिदार
माघे सङ्क्रान्ती समि पिदार
अरुको देखाशिखी पनि गर्दिन
मेरो रितिरिवाज जस्तो छ त्यही सुन्दर
प्रकृति सग खेल्ने निष्ठा कोइच हु
म मेरै प्राकृतिक परिवेशमा जिउछु।
collected from FB