सिङ्गै आकाश खसेर
मेरो बर्तमान खोसियो हात बाट
झिनो जिन्दगीको फेरोमा उभिएर
चल्दैछ अन्तिम अध्याय
उर्बर पसिना रोपेर बगैंचामा
उमारेको थिए
एक भारी मुस्कान
अफसोच
त्यही अपृय प्रलयकान्दमा
उठाइदियो जिन्दगीको अमुल्य धरातल
श्मशान बगर ब्युझाएर आधा दिउँसो
लग्यो बग्रेल्ती जीवनको अमुल्य
बिर्सेर छोडेछ धितोमा
म नामको एक अभाग्य
खोज्दै दुलिरहेछु
आज सम्म बेहोसीमा
गोजि भरी दुख पिडाको मुचुल्का बोकेर
धाइरहेछु सरकारको राहत केन्द्र
यहीँ दुर्दिन कुरेर बस्ने सरकार
आफ्नै बाटो पो हतार -हतार
समातेर फलाकिरहेछ्न – मानव सेवा
हिजो सम्म मैले तेकेको धुलो
हराइसकेको छ मेरो आँखाबाट
मैले खेलेका आगन
गैसकेका छन बेनाम नगर तिर
प्रिय सखाहरु सङ्गै
हरेक बर्षको दशै उमंगमा खेल्ने पिङ
सदा सुति सक्यो चिर निद्रामा
यति बेला म कसरी लिउ
तिमिले पठाएका सुभ कामनाका
उपहार
चिरिएको भूगोलको दोसाँधमा
अलाप्दै उभिरहेछु निकम्मा
सर्बस्व उठाएर जाने निर्दयी समय लाई
जर्जर उराठ आर्तनाद बेरेर
अचेल बर्तमान पदचाप रेखाहरु
कहि कतै मौजुद छैनन्
हृदयका भाब संबेदना भित्र
एक हुल खुसी पनि
म हिड्ने बातो कुच्चिएर
भेतिदैन कुनै सम्झानाका निसान
धरहराको अग्लो तावर धले देखि
देखिदैनन सबेरै गित गाउने कागहरु
म अकेलै कसरी हेरौ
तिमिले मनाइरहेको दशैको भब्य उत्सब
अझै चिसा छन भग्नावशेस
म अर्धबेहोस खण्डहर भूगोलको सिरमा बसेर
नियाल्दै छु तितो सत्य
यो देशको झुन्डहरुले बनाएको
जिन्दगीको दस्तावेज भित्र
समेतिएन यो क्रन्दन इतिहास
यो भूगोलको कहानी
ब्युझिएन कसै गरि भत्किएको
हृदयको पहाड
ठिक यस्तै बेला भित्रीएको दशै लाई
बनावती मुस्कान ल्याउनै सकिन
कसरी गर्न सक्छु
दशैको बिजय उत्सब
-याम”नौलो दिप” मगर
झेनाम ,रोल्पा