– रवि प्राञ्जल

रिठ्ठेदाइ र कुम्लेबाको भोट बिर्सियौ कि ?
माटो छोई गरेको अठोट बिर्सियौ कि ?

जनहितका कुरा गर्दा तिमीलाई पनि
मलाईजस्तै लगाएको खोट बिर्सियौ कि ?

कता पुगे सुर्य छुने आदर्शका कुरा ?
आदर्शको न्यानोन्यानो कोट बिर्सियौ कि ?


उखेलेरै फ्याँके पनि बिषको त्यो बृक्ष
सुस्त सुस्त हुर्कदै छ बोट बिर्सियौ कि ?

हिजो पनि उस्तै थियो आज पनि उस्तै
यो माटोले पाएको त्यो चोट बिर्सियौ कि ?

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *