पिरतिमै धोका खाए अनी धेरै पिये आज
निष्ठुरीको याद भुलाउन अनी पर्देसिये आज l
लुट्नु लुटेउ म बाट छोडेउ एक झुत्रो श्वास
विश्वाश गरी दिए रत अनी रित्तिये आज l
मायारुपी तरबारले काट्न सम्म काटेउ मलाई
त्यही चोटको पिडाले होला अनी खिये आज l
समयको चक्र सगै जिबन भोग्दै छु म
अमृत भनी बिस पिलाएउ मर्दै अनी जिये आज l
दिनेश आचार्य ”मन्डू “
लखनपुर-१ झापा
हाल-अबुधाबी
Please follow and like us: