–राम प्रसाद वान्तावा
मुटु भरी माया बोकी सपनाको यात्त्रा अगाडी बडिरहेछ
सम्झना स्वरुप अपरिचित साथीको बिवास्ता मन्मानै झल्किरहेछ,
खै कस्तो बिधाताले लेखेछ मेरो नसिबको रेखा,
मैले आजसम्मा गर्न सकेन लेखा जोखा ।
सबैले भन्छ समर्पन नै जिन्दगीको असल मित्र
जहाँ दिन दुखियाको समिप हुन्छ न्याए हुँदैन आत्मा भित्र।
बसन्तको हरियालीमा सबैलाई नै लाग्छ रमाइलो,
जहाँ ओझेल हुन्छ त्यसलाई बनाउन सकिन्न घमाइलो,
सिर्सिरे बत्तासले उडायो बर्को पात्,
साथी र सङ्गिमा हुँदै कुनै जात्को अनुपात । “मिट्मा”
Please follow and like us: